असहाय बाल विकास केन्द्रका १५ जना बालबालिका लाई अन्यत्र स्थानान्तरण

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको असहाय बाल विकास केन्द्रका १५ जना बालबालिकालाई आज शुक्रबार अन्यत्र स्थानान्तरण गरिएको छ ।

संस्थाका सञ्चालक विष्णु चौधरीले संस्थामा आश्रय लिएर बसेकी १६ वर्षिय बालिकालाई जवरजस्ति वलात्कार गरेको घटना सार्वजनिक भएपछि केन्द्रमा आश्रय लिएर वसिरहेका बालबालिकाहरुको अनुरोधमा त्यहाँबाट स्थानान्तरण गरिएको तुलसीपुर उपमहानगरपालिका १८ का वडाध्यक्ष माधव वलीले जानकारी दिनुभयो ।

वडाध्यक्ष वलीका अनुसार तुलसिपुर उपमहाँनगरपालिका,वडा कार्यालय र विद्यालयको समन्वय पश्चात संस्थामा आश्रय लिएर बसेका बालबालिका लाई अन्यत्र सारिएको हो । जसमध्ये ६ जना बालिकालाई तुलसीपुर उपमहानगरपालिकाको १० नम्वर वडामा रहेको सेफ हाउसमा र ९ं जना बालकलाई उनीहरुले नै अध्ययन गरिरहेको विद्यालय पब्लिक ज्ञानज्योति बोडिङ स्कूल वम्नैको छात्रावासमा स्थानान्तरण गरिएको हो ।

हाल केहि दिन वालवालिका त्यहि रहने तुलसिपुर उपमहाँनगरपालिका महिला बालबालिका शाखाका मायाँ श्रेष्ठले जानकारी दिनुभयो । अव पुन छिटटै सरोकारवाला विच अर्को चरणमा छलफल हुने र त्यस पश्चात विद्यालय परिवारको निकै राम्रो आश्वासन पाएकोले सवै बालबालिका लाई विद्यालयको आफनै छात्रावासमा राख्न सक्ने अवस्था देखिएको श्रेष्ठको वताउनुभयो ।
९ जना बालकको जिम्मा लिदै विद्यालयका प्रअ टिका वहादुर जिसीले निकट भविश्यमै आफुहरु एउटा बाल आश्रम सञ्चालन गर्ने योजनामा रहेको वताउदै सवै बालबालिका लाई लामो समयका लागी राम्रो शिक्षा दिक्षा साथै खानपान सवै उपलव्ध गराउने आश्वासन दिनुभएको छ ।

यसैविच सम्बन्धी निकायका पदाधिकारीको टोलीले आज शुक्रवार केन्द्रको स्थलगत अनुगमन समेत गरेको छ । अनुगमनका क्रममा संस्था सञ्चालनका लागी धेरैजसो मापदण्ड नपुगेको अर्थात तत्काल उपलब्ध गराउन नसकेको पाईएको छ ।
बुधबार मात्रै उक्त असहाय केन्द्रमा आश्रय लिएर बसिरहेकी बालिकाले संस्थाका संञ्चालकले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दिइकी थिइन् ।
संस्थाका संचालक विष्णु चौधरी भने हालसम्म फरार रहेको दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिनुभयो ।
उक्त संस्थामा दाङ, रोल्पा, रुकुम लगायतका बालबालिकाले आश्रय लिएर बस्दै आएका थिए ।

नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका नेता चौधरी २०६५ साल चैत १५ मा बिजौरीमै भएको अर्कौ एउटा सामुहिक बलात्कार मुद्दामा २०७५ साल माघ ३ गते पक्राउ परेपनि ८८ दिन जेल पछि धरौटी राखेर जमानतमा छुटेका थिए ।

घटनाको वारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस