मयुर आसनमा उपाध्यायको विश्व कीर्तिमान

काठमाडौं । मयुर आसनमा ४ मिनेट १७ सेकेन्ड बसेर स्याङ्जाका परशुराम उपाध्याय द्वारा विश्व कीर्तिमान कायम गरिएको छ । 2018 नाेभेम्बरमा भारतका विजेस इलिकात्य परमविलले ३ मिनेट ५ सेकेन्डकाे विश्व कीर्तिमान बनाएका थिए । उक्त रेकर्ड लाई स्याङ्जा हरिनाथ गाँउपालिका १ का ४५ वर्षिय उपाध्यायले पुनः विश्व कीर्तिमान व्रेक गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि इन्टरनेशनल मिडिया हवका संचालक सुशील पाेख्रेल रामग्राम नगरपालिकाका मेयर नरेन्द्र कुमार गुप्ता फाेटाे पत्रकार महासंघका उपाध्यक्ष सागर श्रेष्ठ फ्याल्यास टेनिस एकेडेमी संचालक तथा अन्तर्राष्ट्रिय रेफ्ररी श्रवण कुमार कार्की रेफ्ररी रक्षकुमार राई याेग गुरु यतिराज भट्टराई लगाएततकाे उपस्थिति रहेको थियोे । कार्यक्रम वल्र्ड रेकर्ड फाउन्डेसन नेपालले डाइनिङ पार्क बानेश्वरमा आयाेजना गरेको हो । वल्र्ड रेकर्ड फाउन्डेसनका अध्यक्ष चित्रकुमार कार्कीले आगामी दिनमा पनि नयाँ नयाँ प्रतिभालाई प्राेत्साहान गर्ने बताएका छन् ।

कार्कीले लुकेर बसेका कलालाई विश्व सामु पुर्‍याउन फाउन्डेसन सदैब तयारी अवस्थामा रहेको जनाए । कार्कीले भने यो विश्व कीर्तिमानले पनि विश्वका मान्छेलाई नयाँ संदेश दिने अध्यक्ष कार्कीकाे भनाइ छ ।

प्रतिक्रिया दिनुहोस