दाङ । दाङका कारागारहरुमा सकारात्मक सोच सम्बन्धि प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
मंगलबार तुलसीपुरमा रहेको कारागारमा बिभिन्न अपराधमा जेल सजाय भोगिरहेका महिला तथा किशोरिहरुका लागि सकारात्मक सोच सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय दाङको समन्वयमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय काठमाण्डौको आयोजनामा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको हो । प्रमुख जिल्ला अधिकारि दिर्घ नारायण पौडेलले एक कार्यक्रमका बिच आज प्रशिक्षण कार्यक्रमको उदघाटन गर्नु भएको थियो । सो अबसरमा बोल्दै प्रजिअ पौडेलले बाकि रहेको जिवनलाई तनाब मुक्त गराउन जिवन उपयोगी सीपको बिकास गर्दै तनाब ब्यबस्थापनमा लाग्नु पर्ने बताउनु भयो ।
उहाले कारागार सुधारका कार्यक्रमहरुलाई आफुले प्राथमिकतामा राखेर काम गर्ने समेत बताउनु भयो ।
सो अबसरमा जिवन उपयोगि सिपको बारेमा जमुना महर्जन,शारिरिक स्वास्थ्य र मानसिक सबलताका बारेमा अनुराधा आचार्य, सिन्धु पाठक,पविना मिश्र लगायतले प्रशिक्षण दिनु भएको थियो ।तुलसीपुर कारागारमा पच्चिस जना महिला र पाच जना बालबालिकाहरु रहेका छन ।