मेयर कप T-20 क्रिकेट प्रतियोगिता हुने

दाङ । तुलसिपुर उपमहानगरपालिका स्तरिय मेयर कप T-20 क्रीकेट प्रतियोगिता २०७७ हुने भएको छ ।
तुलसिपुर उपमहानगरपालिका को आयोजना तथा त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर दाङ को ब्यबस्थापनमा महेन्द्र माबी तुलसिपुरको खेलमैदान मा संचालन गरिन लागेको प्रतियोगिता यहि चैत २७ गते देखी सुरु हुुनेछ ।

तुलसिपुर क्षेत्रमा क्रीकेट खेल को बिकास र बिस्तार संगै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ प्रतियोगिताको आयोजना गरिएको तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकल ले जानकारी दिए !

भौतिक संरचना, खेल गतिविधि र प्रशिक्षण अभावका हिसाबले पछाडी परेको तुलसिपुर क्षेत्रको क्रीकेट लाई मेयर कप का माध्यम बाट चलाएमान बनाउन प्रतियोगिता को आयोजना गरिएको संयोजक माईकल ले बताए !

झण्डै एक साता चल्ने प्रतियोगितामा तुलसिपुर उपमहानगर क्षेत्र का १९ वडाका टिमको सहभागिता हुने र खेलहरु नकाउट प्रणाली का आधारमा खेलाईनेछ ! यसैबिच प्रतियोगिता ब्यबस्थापन को जिम्मा पाएको त्रीशिदेश्वरी स्पोर्ट्स क्लब तुलसिपुर ले यतिबेला आफ्नो तयारी लाई तिब्र पारेको छ ! उसले टिम सहभागिता का लागि पत्राचार, प्रचार प्रसार,खेलमैदान निर्माण लगाएतका आन्तरिक तयारी लाई तिब्र पारेको त्रीशिदेश्वरी स्पोर्ट्स क्लब अध्यक्ष कमल डागी ले जानकारी दिए !

प्रतिक्रिया दिनुहोस