दाङ । मनोरञ्जनका नाउँमा हुने विभिन्न प्रकारका श्रमशोसण र हिषां अन्त्यका लागी अभियान नै चलाउन आवश्यक रहेको तुलसिपुरमा आयोजित एक कार्यक्रमका सहभागीहरुले वताएका छन । महिलाका निम्ती महिला मञ्च नेपालले सरोकारवाला संग यसैविषयमा आज आयोजना गरेको कार्यक्रममा सहभागीले सो कुरामा जोड दिएका हुन ।
कार्यक्रममा तुलसिपुर उपमहाँनगरपालिका न्यायीक समितीका सदस्य यमुना परियार र जनप्रतिनिधी युवा कराराले मनोरञ्जन मानव जिवनको अभिन्न अंग जस्तै वनिसकेको वताउदै यो पेशा अंगालेका महिला दिदिवहिनी लाई हेर्ने सोच परिवर्तन गर्न जरुरी रहेको वताउनुभयो । अहिले पनि समाजमा महिलालाई हेर्ने दृष्टिकोण सोचे अनुरुप सकारात्मक नपाईएको वताउदै यसको अन्त्यका लागी सवैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । हामि जनप्रतिनीधि हौ तर पनि यस मनोरञ्जन क्षेत्रको विषयमा केहि गर्न नसकेको अनुभुती अहिले भएको छ, अव जतिसक्यो चाँडो संवेदनशिल भई यसतर्फ लाग्ने र्छौ उहाँहरुले भन्नुभयो ।
कार्यक्रममा अधिकारकर्मिहरु शुष्मा गिरी, हुमा डिसीले अहिले मात्र होईन विगत देखी नै दोहोरी साँझ, होटेल, रेष्टुरेन्ट, पार्लर, मसाज सेन्टर, क्यासिनो लगाएतका ठाँउमा विभिन्न वहानामा शोसण,दमन र हिषा हुने गरेको वताउदै यसको न्युनिकरणका लागी स्थानिय तह, प्रदेश र संघिय सरकारको भुमिका महत्वपुर्ण रहने वताउनुभयो । साथै उहाँले यसका लागी आफुहरु सहकार्य गरेर अगाडि वढने प्रतिवद्धता समेत जनाउनुभएको थियो ।
कार्यक्रममा बाल अधिकारर्मि स्यानी चौधरी, दलित अधिकारकर्मि राधिका परियार , पत्रकार महाँसंघ दाङका सहसचिव शर्मिला डिसी, नरवहादुर रोका क्षेत्री लगाएतकाले जतिपनी मनोरञ्जनका क्षेत्रहरु छन उनिहरुको लागी एउटा गतिलो मापदण्ड निर्माण गर्न आवश्यक रहेको वताउनुभयो । जसका लागी समय समयमा अनुगमन र छड्के चेकिङ गर्न जरुरी छ । यस कारण पनि कसैको जिवन संग खेल्ने अधिकार कसैले सहजै पाउन नसकोस ।
कार्यक्रममा उपभोक्ताहित संरक्षण मञ्चका केशव कुमार शर्माले हरेक क्षेत्रमा पटक पटक अनुगमन गर्दै आएको भए पनि मनोरञ्जनका क्षेत्रमा आज सम्म कसैको आँखा पुग्न नसकेको वताउदै अव त्यसतर्फ आफुले पनि पहल गर्ने वताउनुभयो ।
महिलाका निम्ती महिला मञ्च नेपालकी अध्यक्ष यशोदा केसीले कार्यक्रमको वारेमा प्रकाश पार्दै श्रम तथा मनोरञ्जन अधिकारको माध्यम वनेका दोहोरी साँझ, होटेल, रेष्टुरेन्ट, पार्लर, मसाज सेन्टर, क्यासिनो लगाएत यी ठाँउ कहिकतै नियम वाहिर गएर सञ्चालन नहोस । महिला, वालिका हिषाँ र श्रमको शिकार वन्न नपरोस भन्ने नै संस्थाको मुल उद्येश्य रहेको वताउनुभयो ।
यसैविषयमा विगत १३ वर्षदेखी संस्थाले काम गर्दै आएको छ केसीले जानकारी दिनुभयो । दाङ जिल्लामा जन्मिएर राजधानी काठमाण्डौमा वस्दै आएकी अध्यक्ष केसी लामो समय दोहोरी साँझमा काम पनि गर्नुभएको थियो । त्यहाँ काम गर्ने अर्थात गित गाउने क्रममा आफुले देखेका भोगेका केहि नकारात्मक कार्यको चिरफार गर्न महिलाका निम्ती महिला संस्था स्थापना गरेको समेत उहाँले वताउनुभयो ।
सहजिकरण महिलाका निम्ती महिला मञ्च नेपालकीअप्सरा थापाले गर्नुभएको थियो । हाल काठमाण्डौमा मात्रै रहेको महिलाका निम्ती महिला मञ्च नेपाल अव अन्य जिल्लामा पनि विस्तार गर्ने अध्यक्ष केसीले वताउनुभयो ।