दाङ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य दिपक गिरीले अहिले संविधान र लोकतन्त्रलाई धरापमा पार्ने खेल सुरु भएको बताएका छन् । गिरीले लोकतन्त्र संविधान रक्षाका लागि काँग्रेस जहिले पनि लडेको भन्दै अव पनि चुप लागेर नबस्ने बताए । नेपाली काँग्रेस वडा इकाई समिति ४ले खाद्रेमा आयोजना गरेको कार्यकर्ता भेटघाट र पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले कम्यूष्टिहरुको अपवित्र गठवन्दन र उनीहरुको गतिविधिले जनता आजित भएको समेत बताए ।
‘काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टिहो, हामीहरुले देशको विकास र लोकतन्त्रको रक्षामा चाहेका छौं उनले भने । वडा सभापति बालाराम खड्काको सभापतित्व एव केन्द्रिय सदस्य गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि गिरीले काँग्रेस बलियो भयो भनेमात्र देशको विकास र लोतन्त्रको रक्षा हुने भन्दै काँग्रेस कार्यकर्तालाई एक भएर लाग्न आग्रह गरे । ‘फेरी पनि तपाईहरुलाई झुकाउने छन् अव नकलि कुरामा नलाग्नुहोस विकास र देशलाई निकास कसले दिन्छ त्यसमा लाग्नुहोस –नेता गिरीले भने । उनले आउने चुनावमा काँग्रेसलाई विजय गराउन तर्फ सवैलाई आग्रह गरे । कार्यक्रममा क्षेत्रीय सभापति जगतबहादुर खड्काले व्यक्ति भन्दा पनि संस्था ठुलो भएको भन्दै एक ढिका भएर काँग्रेसको पक्षमा जनमत सिर्जनागर्न लाग्न आग्रह गरे ।
कार्यक्रममा क्षेत्र नं. ३ कका सभापति घनश्याम ढकालले काँग्रेसलाई बलियो बनाउन तर्फ लाग्नुपर्ने बताए । उनले अहिले क्रियासील सदस्य वितरण सुरु भएको भन्दै एक घर एक क्रियासीलता दिनुपर्ने बताए । उनले स्थानीय निकायमा आफनो पक्षकालाई मात्र हेर्ने गरेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता जोजेन्द्र विश्वकर्मा, पूर्णबहादुर खड्का ,पूर्व क्षेत्रीय सभापति तथा वडा नं ७ का वडाध्यक्ष टोपबहादुर केसी, महिला संघकी क्षेत्रीय अध्यक्ष चित्रा गिरी, लगायतले शुभकामना व्यक्तगरेका थिए ।