सरकारको नेतृत्व गर्न कुनै दलबाट औपचारिक प्रस्ताव आएको छैन : विमलेन्द्र निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारको नेतृत्वका निम्ति कुनै दलबाट औपचारिक प्रस्ताव नआएको बताउनुभएको छ । आज भक्तपुरमा आयोजित एक कार्यक्रममा निधिले माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) बाट औपचारिक प्रस्ताव नआएको बताउनुभयो ।

उहाँले काँग्रेस सरकारको नेतृत्व लिन अग्रसर भएन भन्ने आलोचनाको खण्डन समेत गर्नुभएको छ । गत साता सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जसपाका नेताहरुसँग भेटवार्ता भएपनि सरकारको नेतृत्व लिन प्रस्ताव नआएको उहाँको भनाइ छ ।

काँग्रेससँग वैकल्पिक सरकार बनाउने आवश्यक बहुमत नभएको र अन्य दलको प्रस्ताव पनि नआएको उहाँको प्रतिक्रिया छ । तर, केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्छ भन्ने पक्षमा काँग्रेस रहेको निधिको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस