इटरिका सम्पुर्ण निजि कलेजहरु अनिश्चितकालिन बन्द

इटहरी । इटहरीका निजी कलेजका विद्यार्थीहरुले आन्दोलन चर्काउँदै लगे पछि हिसान सुनसरीले इटहरीका सबै निजी कलेजहरु अनिश्चित समयको लागि बन्द गर्ने निर्णय गरेको छ । विद्यार्थीहरु कलेज तोडफोड र सांङ्घातिक आक्रमणमा उत्रिएको भन्दै तत्काललाई निजी कलेजहरु बन्द गर्ने निर्णय गरेको हो ।

कलेजहरुको मनपुरी शुल्क लिएको भन्दै आन्दोलन चर्कएका विद्यार्थीहरुले विश्व आदर्श कलेजका सेक्युरेटी गार्ड माथि हातपात गरेको,कलेज तोडफोड गर्न खोजेको भन्दै तत्काललाई निजी कलेज बन्द गरिएको हिसान सुनसरी अध्यक्ष मुकुन्द्र घिमिरेले एक विज्ञप्ती मार्फत जनाएका हुन । विद्यार्थी आन्दोलनको विषयमा आफुहरु गम्भिर रहेको बताउँदै आएका छन ।

विद्यार्थीहरुले नपढेको समयको समेत मासिक शुल्क तिर्न ताकेता गरेको भन्दै विद्यार्थीहरुले आज सडक अवरुद्ध समेत गरेका छन । विद्यार्थीहरुले सडकमा करिब २ घण्टा चक्काजाम समेत गरे ।

प्रतिक्रिया दिनुहोस