काठमाडौं । केपी शर्मा ओलीको अर्काे नाम हो ‘केपी बा’ । ओलीलाई ‘बा’ भन्नेको संख्या ठूलो छ । त्यो संख्या नेकपाभित्र पनि छ र बाहिर पनि छ । खासगरी युवा पुस्ताको ठूलो हिस्साले ‘केपी बा’ भनेर सम्बोधन गर्छ । जानकारहरु भन्छन्– ‘०६२ साल तिरबाट केपी ओलीलाई व्यापक रुपमा ‘केपी बा’ भन्न थालिएको हो ।’
भारतमा महात्मा गान्धीलाई ‘वापू’ भनिन्छ । भियतनाममा होचि मिन्हलाई ‘काका’ भनिन्छ । नेल्शन मण्डेलालाई दक्षिण अफ्रिकामा माडिबा अर्थात पिता र टाटा नामले सम्मान गरिन्छ । असाधारण व्यक्तिले कुनै सम्मानजनक उपनाम पाउने चलन नेपालमा मात्र होइन । यस्ता उपनाम कसैले निर्णय गरेर दिने होइन । नेपालमै पनि कृष्णप्रसाद भट्टराईलाई ‘किशुनजी’ र गणेशमान सिंहलाई ‘लौहपुरुष’ भनेर चिनिन्छ । उहाँहरुलाई कसैले दिएको नाम होइन । समाजले स्वत सिर्जना गरिदिएको नाम हो ।
‘केपी ओलीलाई बा भनाउने माधव नेपालहरु नै हो । माधवले पार्टी र देशको अभिभावकीय भूमिका निर्वाह गरिदिनुभएको थियो भने शायद उहाँ नै बा सम्बोधन र सम्मानको हकदार बन्नुहुन्थ्यो । जनता, देश र पार्टीको ‘बा’ नबनेर आततायीहरुको ‘बा’ बन्ने बाटोमा लाग्नुभयो । ‘बा’ नबनेर मालिक बन्न खोज्नुभयो ।
१. यिनको १४ वर्षे जेल भित्रको जेल( गोलघर ) आज बुर्कुसी मार्न पल्किएकाले सोच्न पनि सक्दैनन तर यिन्ले भोगेर आएका हुनाले !
२. जनताको नजरमा सक्किएको संगठन्लाइ आगोको लप्काले खाँदै गरेको मुर्दालाइ दुई तिहाइ दिएलाएकोमा !
३. आफ्नै बाट पटक पटक अन्तर्घात हुँदा पनि कैलेई अनुहार
नबिग्रेको देख्दा !
४. गर्न कति सकिन्छ तर हिम्मत वजन्मा आफुलाइ कैलेई कम्जोर नदेखाउने साहस देख्दा !
५. देसको सिमानाका पिल्लर सार्ने छिमेकी सँग आँखा जुधाएर कुरा गरेको देख्दा ( उन्को कार्यकाल भरी मरेको बिरालो नै भएको अवस्था छ भारतको )
६. आफ्नै जनताले बनाएको भनिएको संबिधान छिमेकीले मान्दिन भनी देसमाथी नाकाबन्धी गर्दा आँखामा आँखा जुधाइ नमाने के नाप्छस नाप भनेर नाकाबन्धी खोल्न बाद्य पारेको सम्झदा !
७. छिमेकिले सत्रुको व्यवहार गर्दा अर्को तिर पारवहन मैत्री निकास दिएको देख्दा !
८. संगठन्को अध्यक्षलाई बाइपास गरि आफुखुसी गुट चलाउनेहरुलाइ मिलाइ मिलाइ धुली मैदान बनाएको देख्दा !
९. प्रधानमन्त्री सँग परामर्सै नगरी छिमेकी छौंडा गुहार्दा तिन्का मुख भरिका जवाफ बालुवाटार भित्रै बाट दिएको देख्दा !
१०. देस भित्रका अराजक गतिविधि मा सकृयहरुलाइ निस्कृय पारेको देख्दा !
११. आफ्नै सरिरको मृगौला कृतिम छ जानी जानी दुनियालाइ चकित हुनेगरी आफ्ना चट्टानि अडान र निर्णयमा रत्ती नडगेको देख्दा !
१२. २३/२४ बर्स ढकृएका योजना कार्यान्वयनको लागि मुर्तता दिएको देख्दा !
१३. म आज बिरामी छु सक्दिन नभनेको देख्दा !
१४. सामाजिक संजाल भरी जताततै कमेन्टको वर्षा हुँदा यिन्लाइ मात्र किन पोजेटिभ लाइक्को वर्षा हुन्छ भनी खोज्दा !
१५. देसका भौतिकपुर्बाधार र अफ्ट्यारा बिसयमा क्लियर भिजन र आइडिया बितरण गरेको देख्दा !
१६. आफूलाई आफ्नैले घेर्दा अन्य छौडा जस्तो छिमेकी नगुहारेको देख्दा !
१७. छिमेकी छौंडासँग देसि बिदेसी शक्ति प्रयोग गरि बदनाम गर्न खोज्दा उल्टै मेरा जुँङ्गात काला कालापो हुन थाले त भनी मजाक्मै सत्रुलाइ कम्जोर बनाउने तरिका देख्दा !
१८. देसका जुन सुकै कुनामा पुग्दा लाखौको भिड लागेको देख्दा हो म केपि ओलिलाइ ब्यक्तिगत रुपमा हजारौं राजनैतिक असहमती राखेरै भएनी मन पराउदछु
र आसा गर्दछु कि योदेसको बेथिती पन्साउन कसैले सक्छ भने त्यो हो केपि ओलि ! आँट बा ठोक बा अनि निकास देउ बा ! यो देसलाइ संघियता , प्रदेश सरकार , र धर्म निरपेक्षताको गलत कस्सिबाट मुक्त गर !
जय देस जय चन्द सुर्य ।
खतिवडायोगेन्द्र।