प्राण भन्दा प्यारो “जन्मभूमि “

काठमाडौं । प्राण भन्दा प्यारो अनि, मुटुभन्दा अपरिहार्य चिज मेरो प्यारो जन्मभूमि नेपाल । पड़्खाविहिन पंक्षी,पानी विहिनको माछा अनि सपुत बिनाको देश म कल्पना पनि गर्न सक्दिन ।

हो यस्तै त्याग र वलिदानवाट निर्मित देश नेपाल । मेरो देश फुलबारी भन्दा सुन्दर छ, झरना भन्दा निश्चित अनि त्यो गंगा भन्दा पनि पवित्र र चोखो छ । जहाँ अनेकौ विविधताले भरिपुर्ण छ । चार जात छत्तिस् वर्णले सम्पूर्ण मेरो जन्मभूमि कुनै पनि कुराबाट अलगिएको छैन । आकाशमा जसरी तारा अनि जुनेलि मिलेर औशी पछिको रातलाइ उज्यालो बनाउछन् हो त्यसैगरी मेरो देशका सपुतहरूले पनि आफ्नो छातीमा,मुटुभन्दा र गर्धन नभनी दुष्मनका पराकम्पनहरू सहेर अनि लडेर मेरो जन्मभूमि लाइ सुन्दर बनाएका छन् त्यसैले आज विश्वमाझ मेरो जन्मभूमि को नाम सगरमाथाको शिर जस्तै उच्च छ ।

जन्मभूमि त्यो स्वर्ग भन्दा पनि सुन्दर छ । सृष्टि कर्ता अर्थात् जननी बिना जिन्दगी पाउन सकिदैन भने जन्मभूमि बिना जिन्दगीको अस्तित्व मेटाउन सकिदैन । जिवन पाउनु ठुलो कुरा हो तर त्यो भन्दा अझै ठुलो कुरो त अस्तित्वपुर्ण जन्मभूमि को जिवन पाउनु हो । त्यसैले त प्यारो छ मेरो जन्मभूमि जन्मभूमि सगंको नाता नड़ र माशुको भन्दा पनि प्यारो अनि चोखो हुन्छ । म एकान्तमा बसेर सोच्ने गर्छु कि ‘म माटोको सन्तान हुं , हो साच्चै म यहि माटोकै छोरी हु किन की मेरी आमाको आधार पनि त यहि माटो नै त हो ।

म आफ्नो जन्मभूमि को लागी प्राण पनि दिन तयार छु ।
त्यसैले त भक्तिथापाको मृत्युमा म आफ्नो जीवन छाम्छु, अमर सिंहको वीरताले अहिले पनि मलाइ जोस् र जागरण प्रदान गर्दछ । वास्तवमा अझै खुलस्त भयर भन्ने हो भने पृथ्वीनारायण शाहको सम्मान बिना त मेरो आधार लर्वराउछ । म आफ्नो अस्तित्व हराएको महसूस गर्छु किनकि उहाले सिकाएका छन् कि मलाइ आफ्नो जन्मभूमि लाइ जोगाउन र दुस्मनहरूको गिद्देनजरबाट मेरो नेपालको अस्तित्व जोगाउन अनेक थरी चाडपर्व अनि भेषभुषा अनि रितिरिवाज ओहो कल्पना गर्दा पनि छाती फुलेर आउछकी विर गोर्खाली नेपाली हामी त्यसैले म भन्छु मलाइ संसारको सबैभन्दा लामो नाइल नदी चाहिदैन वरू मेरै जन्मभुमिको पहाड़ र मधेस भिजाउदै वग्ने हिमाली चिसोपानी चाहिन्छ ।

मलाइ चिनेको मानव निर्मित पर्खाल चाहिन्छ । ‘ग्रेटवाल होइन मेरै जन्मभुमिको सगरमाथा जस्ता उच्च शिर भयको आफै निर्मित चाहिन्छ । मेरो शरिरको रगतमा कुन कुन तत्व छ भनेर बैज्ञानिकहरूले पत्ता लगाउन सक्लान तर म त्यसमा मेरै जन्मभुमिमा बग्ने नदिहरूको तरड़ं पाउछु मेरो जन्मभूमि नेपालको झण्डामा सजिएको रातों रड़ं नै मेरो रगतमा छोलिएको पाउछु मेरो जन्मभूमि गरिव हुनसक्छ अनि म यहि जन्मभूमिमा अभावै अभाव विनाको जिन्दगी लिएर बाच्न सक्छु तर आफ्नो स्वाभिमान वेचेर महलमा बस्न सक्दिन किनकी मेरा पुर्खाहरूले र सपुतहरूले सिएकाएका छन् की “मलाइ यो जन्मभूमिले के दियो हैन मैले यसलाइ के दिन सक्छु ।भनेर लड्न म मेरो जन्मभूमि लाइ हृदय देखिनै प्रेम र सम्मान गर्छु र मलाइ कसैले मेरो अन्तिम सास फेर्दैगर्दा तलाइ के चाहिन्छ भनेर सोधे भने मेरो सदा सर्वत यहि भनाइ रहनेछ -“मेरो प्यारो जन्मभुमि नेपाल अनि प्यारा नेपाली ।
जयदेश_जयनेपाल

प्रतिक्रिया दिनुहोस