दाङ । नेपाली कङग्रेसका उपसभापति रामचन्द्र पौडेलले देशको राजनितीक अवस्था संकटमा परेको वताउनुभएको छ ।
दाङ तुलसिपुर निवासी काङग्रेस नेता स्वर्गिय लोकमणि गिरीको आज १३ औं दिनको पुण्य तिथीका अवसरमा आयोजित श्रद्धाञ्जली सभामा उपसभापती पौडेलले अहिले काङग्रेस अन्यौलमा परेकोले देशको अवस्था झनै अन्यौलमा परेको दावी गर्नुभयो । उहाँले भन्नुभयो एउटा लडाई पार गरेका छौ संसद पुनस्थापना भयो देश विघठन वाट वच्यो तर फेरी विकृती वाट वचाउन जरुरी छ यहाँ विभिन्न षडयन्त्र भैरहेका छन प्रतिनिधि सभा लाई फेरी मार्ने खेल भैरहेको छ नेता पौडेलले भन्नुभयो । पौडेलले सत्ता भन्दा व्यवस्था ठुलो र महत्वपुर्ण भएकोले व्यवस्था लाई कसरी वचाउन सकिन्छ यसतर्फ सोचेर लाग्न सवै कार्यकर्ता र पार्टि नेतृत्व लाई आग्रह गर्नुभयो ।
पौडेलले नेतृत्वको अन्धभक्त भएर होईन वोलेर पार्टि सहि दिशामा जाने स्पष्ट पार्नुभयो । मोई माग्ने ढुङग्रो लुकाउने आन्तरीक कुरा खुलस्त पारौं ढाकछोपले पार्टि वलियो र मजवुत वन्दैन त्यसैले कार्यकर्ताले नेताको र नेताले कार्यकर्ताको ख्याल गरेर हिडन सक्यौभने अवश्य लक्ष्यमा पुग्छौ । केपी ओलीको पारा देखिसकेको यो अवस्थामा लोकतन्त्रको कालो वादल हटाउने जिम्वेवारी काङग्रेसको काँधमा आएको समेत नेता पौडेलले दावी गर्नुभयो ।
श्रद्धाञ्जली सभामा नेता पौडेलले पार्टिमा गिरी परिवारले पुर्याएको योगदानको चर्चा गर्दै काङग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि दिपक गिरीका वुवा स्वर्गिय लोकमणि गिरीको योगदान अझ अहम रहेको स्मरण गर्दै सच्चा निष्ठाको राजनिती गर्न उहाँवाट सिक्नुपर्ने वताउनुभयो ।
कार्यक्रममा काङग्रेस केन्द्रिय सदस्य तथा पुर्वमन्त्रि रामकृष्ण यादव र केन्द्रिय सदस्य देवेन्द्रराज कँडेलले विचारको राजनितीमा खडेरी नलागेको वताउदै लोकतान्त्रिक संविधानको रक्षा गर्ने जिम्वेवारी काङग्रेसको काँधमा आएको वताउनुभयो । आफनै सहकर्मि र कार्यकर्ताको गद्धारीका कारण पार्टी कमजोर भएको छ जतीसक्यो यसको अन्त्य हुन जरुरी छ उहाँले भन्नुभयो ।
काङग्रेस दाङका सभापति कृति वहादुर खड्काको अध्यक्षता एवं उपसभापति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काङग्रेस नेताहरु डिल्ली वहादुर चौधरी, राजु खनाल, अनिता देवकोटा, महिला संघ दाङका अध्यक्ष गोमा रावत, तरुणदलका अध्यक्ष टिका घर्ती ,पुर्व सभापतीहरु , अन्य जिल्लाका नेता लगाएतकाले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
स्वर्गिय गिरीका जेठा छोरा दिपक गिरीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सहजिकरण काङग्रेस दाङका सचिव शंकर डाँगीले गर्नुभएको थियो ।