काठमाडौं । हिमालय टीभीमा ‘जुठे’ नामक सिरियल प्रशारण हुन थालेको छ।
बुधबार देखि यो शो हिमालय टीभीमा प्रशारण हुन थालेको हो । प्रशारण भएको पहिलो भागमै दर्शकले यो सिरियललाई उत्कृष्ट प्रतिक्रिया संगै युटृबको ४ नम्बर ट्रेन्डिंगमा पर्न सफल भयको छ।
सामाजिक बिषय वस्तुमा निर्माण गरिएको यो शो ले दलित मुक्ती आन्दोलनको बिषयमा उत्पीडनको बिषयलाई चित्रण गरेको छ ।
यो सामाजिक सिरियल हिमालय टीभीमा वुधबार बेलुकी ८ बजेबाट प्रशारण हुन थालेको हो ।
सिरियलमा रबी गिरी बिध्या कार्की रामबाबु रेग्मी मुकुन्द मैनाली सरमिला शर्मा राजु पौडेल मारीचमान श्रेष्ठ उनीषा ढुंगाना रुक्मिला अधिकारी दीपेन्द्र तिमिल्सिना गोकुल ईपू प्रतिमा भंडारी लगायतका कलाकारको अभिनय छ ।
राहुल राई र घनश्याम पोखरेलले उक्त सिरियल छायांकन गरेका छ भने रविन भट्टको सम्पादन छ
भने उक्त सिरियलमा राजु पौडेल र मरिचमान श्रेष्ठ निर्देशक रहेका छन।
पुरा भिडियो