काठमाडौं । नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको निधनका बारेमा चलाइएको हल्ला भ्रमपूर्ण रहेको पुष्टि भएको छ । नेपाली कांग्रेसकी नेतृ एवं पूर्वउपसभापति प्रकाशमान सिंहकी पत्नी सिर्जना सिंहले जोशीको निधन नभएको जानकारी दिनुभएको छ।
उहाँले जोशीको निधनबारेका हल्ला भ्रमपूर्ण रहेको बताउनुभएको छ । केहीबेर अघि ट्वीट गर्दै सिंहल भन्नुभएको छ ‘नविन्द्र राज जोशी प्रति आएका खबरहरू सबै झुट र भ्रामक हुन …उहा जिवितै हुनुहुन्छ र ventilator मै हुनुहुन्छ –#जानकारीकोलागी’

अस्पतालले पनि अहिले बिहान ७ बजे विज्ञप्ति जारी गरेर उहाँको स्वास्थ्य अवस्था गम्भीर रहेको तर उपचारजारी रहेको जानकारी दिएको छ ।
प्रेस विज्ञप्ति
२०७७ चैत ४ गते बिहान ७ बजे
यस नर्भिक इन्टरनेशनल हस्पिटलमा मष्तिष्कघात भई उपचार गराइरहनुभएका नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । उहाँको हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।
फागुन १४ गते मष्तिष्कघात भई उपचारका लागि उहाँलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । केही दिनको उपचारपछि उहाँको अवस्थामा सुधार आएको थियो । आफैंले श्वासप्रश्वास गर्नुभएपछि केही दिन उहाँलाई भेन्टिलेटरको सपोर्टबिना नै राखिएको थियो । तर, अवस्था पुनः बिग्रिएपछि उहाँलाई पुनः भेन्टिलेटरको पूर्ण सपोर्टमा राखिएको थियो र हाल भेन्टिलेटरमै राखेर उपचार जारी राखिएको जानकारी गराउन चाहन्छौं । उहाँको अहिलेको अवस्था गम्भीर रहेको छ ।
प्रमुख–कर्पोरेट कम्युनिकेसन एण्ड पिआर डिपार्टमेन्ट
नर्भिक इन्टरनेशनल हस्पिटल प्रालि
सम्पर्क: ९८५१०१५३९४