काठमाडौं । विगत १६ महिनादेखी ढाड भाचिएर गम्भीर घाइते भैअपांग जीवन बिताइरहेकी दार्मा गाउँपालिका वर्डा नम्बर ५ भालु खोला निवासी मिना ओली खड्काको उपचारको लागि आर्थिक सहयोग रकम संकलन गरेर पीडित मिना ओली खड्कालाई २०७७/१२/३मा हस्तान्तरण गरिएको छ।
विगत १६ महिना देखी ढाड भाचिएर स्वास्थ्य अवस्था गम्भीर भए पछि उपचार रकम धेरै लाग्ने र उहाँको आर्थिक अवस्था कमजोर भए पछि काठमाडौं बाट घर फर्काइएको थियो। उक्त अवस्था र उपचार हुन नसकेको कुरा छिमेकीहरुले GS Nepal का संचालक तथा रुकुमका संचारक्रमी गोपाल ओलीलाई बताए पछि सञ्चारक्रमी गोपाल ओलीले पीडित मिना ओली खड्काकै घरमा गएर उहाँको अवस्थाकोबारे video बनाउनुभएको थियो। उक्त अवस्थाको video gs nepal you.tube च्यानलमा राखिएपछी उक्त video हेरेर स्वदेश तथा बिदेशमा बस्नुहुने केही सहयोगी मनहरुले करिब २ लाख २७ हजार ६ सय ८ सहयोग रकम संकलन गरेर पठाउनु भएको थियो। घाइते पीडितको उपचारको लागि अभियाननै चलाएर सहयोग संकलन गर्नुहुने अभियान्ताहरु अतिराम ओली, भक्त बहादुर ओली,यज्ञ बहादुर ओली, नविन्द्र पौडेल, महेश रसाइली, चन्द्र प्रकाश केसी, नरेश खड्का, राम कृष्ण शर्मा लगाएत धेरै जना हुनुहुन्छ।
उक्त रकम त्रीबेणी गाउँपालिका वर्डा नम्बर ३ का वडा अध्यक्ष मोहन ओली, त्रीबेणी गाउँपालिका अस्पतालका इन्चार्ज कृष्ण बहादुर ओली, तेस्तै पहल बहादुर गिरि, gs nepal का संचालक तथा सञ्चारक्रमी गोपाल ओली लगायत अन्य स्थानीय ब्याक्तित्वहरुको उपस्थितिमा एक अनौपचारिक कार्यक्रम गरि उक्त रकम घाइते पीडितलाई हस्तान्तरण गरिएको थियो। सहयोग रकम पाएपछि पीडित बिरामीले आफ्नो उपचारमा ठुलो सहयोग हुने आशा पलाएको भन्दै सम्पुर्ण सहयोगी मनहरुलाई भगवान भन्दै धन्यवाद दिएकी छिन्।
आफ्नो उपचार खर्च अझै धेरै लाग्ने र उक्त रकम जुट्नमा यो रकमले ठुलो सहयोग हुने भन्दै सहयोगीलाई धन्यवाद दिएकी हुन्। उनले अझै सहयोगको आवश्यक रहेको भन्दै अन्य सहयोगीहरुलाई सहयोग गरिदिनुहुन अनुरोध समेत गरेकी छिन्।