दाङ । दङ्गिशरण गाउँपालिकामा तेस्रो दङ्गिशरण गाउँपालिका स्तरिय तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी बिरेन्द्र माबी हेकुली ले हात पारेको छ।
दङ्गिशरण गाउँपालिका शिक्षा तथा खेलकुद शाखाको आयोजनामा सम्पन्न प्रतियोगितामा बिरेन्द्र माबी हेकुलीले १२ स्वर्ण, ६ रजत, ५ कास्य पदक हात पार्दै रनिङ शिल्डको उपाधी जित्न सफल भएको हो ! उसले उपाधी संगै शिल्ड र २० हजार पुस्कार हात पार्न सफल भयो !
त्यस्तै माबी मधपुर ९ स्वर्ण,८ रजत, ३ कास्य पदकका साथ दोस्रो हुदा साविक बिजेता ज्ञानोदय ईंलीस बोर्डिंग स्कुल ४ स्वर्ण, ४ रजत, ४ कास्य पदक हात पार्दै तृतीय भयो ! दोस्रो र तृतिय हुने बिधालय ले क्रमशः १५ र १० हजार नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो !
प्रतियोगिता समापन समारोह शिक्षा शाखा प्रमुख विनोद अधिकारीको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष भागिराम चौधरीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष पिमा कुमारी खड्काको विशीष्ट आतीथ्य मा भएको थियो ! कार्यक्रमको शहजीकरण गाउँपालिकाप्रेस संयोजक दिप्तीशिखा चौधरीले गर्नुभएको थियो।