हार्डवयर ब्यबसायी उपसमिती संयोजकमा पुनः पौडेल

नवीन राई/दाङ । तुलसिपुर उधोग बाणिज्य संघ हार्डवयर ब्यबसायी उपसमिति को संयोजकमा पुनः दयाराम पौडेल चयन हुनु भएको छ !
तुलसिपुर उधोग बाणिज्य संघ हार्डवयर ब्यबसायी उपसमितिको सनिबार सम्पन्न भेला ले पुनः पौडेल संयोजक रहेको ११ सदस्यीय हार्डवयर उपसमिती सर्वसहमती ले चयन गरेको हो !

जसको सह संयोजकमा खम्बु ओलि,नब राज रेग्मी,तेजबिक्रम घर्ती,सचिब वसन्त भण्डारी,कोषाध्यक्ष गोरख ओलि हुनुहुन्छ !त्यसैगरी सदस्यहरुमा देवराज कडेल,टीका जंग खड्का,पवन भण्डारी,बिमल भण्डारी,उज्ज्वल भट्टराई रहनु भएको छ ! भेला हार्डवयर ब्यावसायी उपसमिती का संयोजक दयाराम पौडेलको अध्यक्षता तथा तुलसिपुर उधोग बाणिज्य संघ का सदस्य नवीन राईको प्रमुख आतिथ्य मा भएको थियो !

यसैबिच उपसमिति पुर्नगठन पछि बसेको कार्यसमिती को पहिलो बैठक ले हार्डवयर व्यावसायी उपसमिती को सल्लाहकार मा पोषण राज रेग्मी,मिनराज ओलि,भरत राज शर्मा र गोकर्ण गिरि लाई चयन गरेको छ !

प्रतिक्रिया दिनुहोस