फुर्सेखाली रनिङ शील्ड बडहरा क्लबलाई

दाङ । दाङको घोराहीमा साताब्यापीरुपमा चलेको प्रथम फुर्सेखाली फूटबल रनिङ शील्ड २०७७ को बडहरा युवा क्बलले प्राप्त गरेको छ।

शनिवार घोराही १८ स्थित नवलपुर खेल मैदानमा भएको खेडमा बबई फूटबल एकेडेमीलाई ४–१ गोलले हराउँदै बडहरा युवा क्लब घोराही १३ प्रथम भएको हो । प्रथम हुने सो क्लबले शील्डसहित ५५ हजार पुरस्कार पनि जितेको छ । दोस्रो स्थान हात पार्ने बबई फूटबल एकेडमी बबईले २५ हजार पुरस्कार प्राप्त गरेको छ ।

शनिवार नवलपुर खेलमैदानमा निकै प्रतिष्पर्धारुपमा खेल भएको थियो । खेल हेर्न ठूलो संख्यामा दर्शकको उपस्थिति रहेको थियो ।
योसँगै फागुन २२ गतेदेखि जारी फुर्सेखाली फूटबल रनिङ शील्ड सकिएको छ । खेल समापन गर्दै निर्माणी ब्यवसायी महासंघका लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र रानाले खेलकूदको विकास राष्ट्रको विकास भएकाले सबै लाग्नुपर्ने बताउनुभयो । नवलपुरमा जिल्लास्तरीय खेलकूद हुन थालेकोमा खुशी व्यक्त गर्दै उहाँले यसलाई खेल नगरीको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस