बाँकेमा बस दुर्घटना, ३७ जना घाइते

बाँके २९ फागुन / बाँकेको राप्ती सोनारी गाउँपालिका-३ बैसामा बस दुर्घटना भएको छ। ना३ख ९७५९ नम्बरको बस शुक्रबार राति दुर्घटना हुँदा ३७ जना घाइते भएको र एकजना गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
प्रहरीका अनुसार बस राप्ती सोनारीबाटै दाङको देउखुरी दुलही पुर्‍याउन हिँडेको बस दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुने सबै राप्ती सोनारीकै रहेको र उनीहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस