टरगिाउँ एयरपोर्टमा ईन्धन डिपो निर्माणको काम अघि बढयो

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित टरिगाउँ एयरपोर्टमा ईन्धन डिपो निर्माणको काम अघि बढेको छ । टरिगाउँ विमानस्थलको स्वामित्वमा रहेको जग्गामा ईन्धन डिपो स्थापना गर्न लागिएको हो । त्यसकालागि बिमानस्थलले नेपाल आयल निगमलाई करिब पाँच कठ्ठा जग्गा उपलब्ध गराएको छ । त्यही जग्गामा आयल निगमले ईन्धन डिपो स्थापना गर्ने टरिगाउँ विमानस्थल प्रमुख कैलाश शर्माले बताए ।
शुक्रबार प्रमुख शर्मा र नेपाल आयल निगम तुलसीपुरका प्रमुख सुजित पोखरेलले जग्गा लिजमा दिने/लिने भनि सम्झौता गरेका हुन् । यस अघि जग्गा प्राप्त नभएकै कारण ईन्धन डिपो स्थापनाको काम अघि बढ्न सकेको थिएन । अब भने काम अघि बढ्ने आयल निगम तुलसीपुरका प्रमुख पोखरेलले बताए । जग्गा लिजमा लिएको जानकारी केन्द्रमा गराएपछि त्यही अनुसार प्राबिधिकहरु आएर हेरफेर गर्ने र त्यसपछि काम सुरु हुने उनले बताए ।
त्यहाँ ७०/७० हजार लिटरका तीन वटा ईन्धन ट्याङ्की निर्माण हुने पोखरेलले बताए । अहिले जग्गा प्राप्त भएकाले ब्राउजर पनि ल्याउन सकिने बताए । ९ हजार लिटर देखि माथिको ब्राउजर हुने भन्दै त्यसैले एक फ्लाईट मात्रै भएर एक हप्तासम्म पुग्ने उनको भनाई छ । यस अघि जग्गा नै नपाउँदा काम रोकिएको भन्दै अब छिट्टै काम पूरा हुने उनले बताए । तीन वटा ट्याङ्कीमा २ लाख १० हजार लिटर भण्डारण हुने उनको भनाई छ । नेपाल बायु सेवा निगम दाङ शाखा प्रमुख नेमकान्त लम्सालका अनुसार दैनिक एक फ्लाईट भएमा मासिक ३० हजार लिटर खपत हुने बताए । ईन्धन डिपोकालागि जग्गा उपलब्ध हुनुले यहाँको हवाई क्षेत्रमा ठूलो फड्को मार्ने भन्दै फ्लाईट बढाउन सके झनै प्रभाबकारी हुने उनको भनाई थियो । उनका अनुसार अहिले १२ बजे तुलसीपुरमा हवाई अवतरण हुने भन्दै अब विहान र बेलुवा फ्लाइट बनाउन सकियो भने थप प्रभाबकारी हुन्छ ।
ईन्धन डिपो स्थापना भएसंगै दाङबाट रुकुम सल्ले, पोखरा, जुम्ला पनि उडान भर्न सकिने उनको भनाई छ । साथै टरिगाउँ एयरपोर्टबाट जुम्लालगायतका स्थानमा हवाईबाट सामान ओसारपसार गर्न सकिने समेत बताए ।
टरिगाउँ एयरपोर्ट रुकुम, सुर्खेत, नेपालगञ्जलगायत पश्चिम क्षेत्रको कनेक्सनका रुपमा रहेको यसको विकासमा पश्चिमको विकास हुने बताए ।
टरिगाउँ विमानस्थलमा आधुनिक टावर कन्सोल निर्माण सुरु भएको छ । जुन टावरले सूचना दिने कार्य प्रभाबकारी रुपमा गर्ने विमानस्थल प्रमुख कैलाश शर्माले बताए । उनका अनुसार उक्त टावर नेपालगञ्ज्लगायतका स्थानमा जडान भएको छ । जुन टावरमा सबै सामग्री डिजिटल प्रबिधिका हुनेछन् । जसले हावाको गति, पानीको अबस्थालगायत सबै देखाउने भएकाले जहाज अवतरणमा निकै सहज हुने बताए । करिब एक करोडको लगानीमा उक्त कार्य हुन लागेको हो ।
अबको १०/१२ दिनमै काम सकिने छ । अहिले टर्मिनल भवनमा पंखा पनि नभएको, खानेपानीको पनि समस्या रहेको भन्दै उक्त समस्या समधान समिने गरिने उनले बताए ।
यसैबिच,, दाङबाट काठमाडौं जाने हवाई भाडा दुई किसिमको छ । केही दिन देखि नेपाल एयरलाईन्सको जहाजमा दाङको टरिगाउँ एयरपोर्टबाट काठमाडौं जानकालागि ८ हजार ६ सय रुपैँया र ६ हजार दुई सय रुपैँया तोकिएको छ ।
टरिगाउँ एयरपोर्टमा अहिले नेपाल एयरलाईन्सले उडान भरिरहेका छ । अहिले फागुन २३ गते आईतबार देखि भने दैनिक एउटा उडान भइरहेको बताए । अहिले कोरोनाको खोप पनि आईसकेको अबस्थामा कोरोनाको जोखिम पनि रहेको र दिनपनि लामो हुने भएकाले नेपालगञ्ज, भैरहवाबाट काठमाडौं जाने गरेकोले पनि दाङबाट जाने यात्रुहरुको संख्यामा कमी आएको हुन सक्ने लम्सालको भनाई छ ।
अहिले दैनिक ११ बजे काठमाडौंबाट दाङकालागि जहाज आउने र दाङबाट १२ बजे काठमाडौं उड्ने गरेको छ । दाङबाट काठमाडौं जान १ घण्टा समय लाग्ने गर्छ ।
अहिले टरिगाउँ एयरपोर्टबाट काठमाडौं जाँदा भन्दा काठमाडौबाट दाङ आउँदाको भाडा महंगो हुने गरेको छ ।
करिब दुईसयको हाराहारीमा भाडा तलमाथि छ । यो हुनुको कारण एयरपोर्टमा लिईने करले निर्धारण गर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस