दाङ । दङ्गिशरण गाउँपालिका स्तरिय तेस्रो तथा १२ औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७७ बिहीवार देखि सुरु भएको छ !
दङ्गिशरण गाउँपालिका को आयोजना तथा बिरेन्द्र मा.बि. हेकुली को संयोजनमा संचालित प्रतियोगिता को लुम्विनि प्रदेस सांसद धमकली चाैधरीले पानसमा बत्ति बालेर उद्घाटन गर्नुभएको हाे !
उद्घाटन समारोह लाई सम्बोधन गर्दै सांसद चाैधरीले बालबालिका को सर्वाङ्गिण बिकासको बलियो आधार स्तम्भ खेलकुद भएकाले बिधालय स्तर बाटै खेलकुद को बिकास गर्नु पर्ने बताउनु भयो !
खेल बालबालिकाहरुकाे शारीरिक तथा मानसिक विकासमा टेवा पुर्याउने एक शसक्त माध्यम हो, शिक्षा संग संगै खेलकुद लाई पनि प्राथमिकतामा राख्नु पर्छ उहाँ ले भन्नू भयो ! दङ्गिशरण गाउँपालिकाका अध्यक्ष भागी राम चाैधरिले बिधार्थिहरुकाे क्षमता अभिवृद्धि का लागि खेलकुद को महत्व लाई सबैले बुझ्न तत्कालको आबश्यक्ता रहेकाे बताउनुभयाे ।
शिक्षण सिकाइ क्रीयाकलापमा खेल पनि एक महत्वपुर्ण सिकाइ हाे जसले शारीरिक रुपमा विधार्थिकाे क्षमता बढाउने गर्छ त्यसैले हरेक विधालयले खेलकुदलाई पनि प्राथमिक्तामा राख्नुपर्दछ अध्यक्ष चाैधरिले भन्नुभयाे । यस्तै उपाध्यक्ष पिमा कुमारि खड्काले राष्ट्रपति रनिङ्ग सिल्ड कार्यक्रमले बिधार्थिहरुमा खेल प्रतिकाे रुचि अझ बढाएकाे बताउनुभयाे । विरेन्द्र मा.बि. हेकुलिका प्रधानाध्यापक खिमराज खनालकाे स्वागत मन्तब्य रहेको उद्घाटन कार्यक्रमकाे सहजिकरण दङ्गिशरण गाउँ पालिका शिक्षा शाखा प्रमुख विनाेद अधिकारीले गर्नुभएको थियाे । यसैबिच प्रतियोगिता अन्तरगत आज बिहिवार ट्रयाक तर्फ १००,१५०० मिटर दौड छात्र/ छात्रा तथा फिल्ड तर्फ सटपट र लङजम्प छात्र / छात्रा का खेल सम्पन्न भएका छन् !
१०० मिटर छात्र तर्फ बिरेन्द्र माबी हेकुलीका सुनिल सुनार प्रथम,माबी श्रीगाउ शिवम् एरि दोस्रो र माबी मधपुरका टीका राम परियार तृतिय स्थान हासिल गर्न सफल भए !त्यस्तै छात्रा तर्फ ज्ञानोदय ईग्लिस बोर्डिङ स्कुल कि यानु चौधरी प्रथम,माबी हेकुली कि खिमा बिक दोस्रो र माबी मधपुरकी चेतना कुसारी तृतिय भए ! त्यस्तै १५०० मिटर छात्र दौड तर्फ माबी मधपुरका वसन्त राज कुसारी प्रथम,ज्ञानोदय ईग्लिस बोर्डिङ स्कुलका करण नेपाली दोस्रो र माबी हेकुलिका लाल बहादुर ओलि तृतिय भए !
त्यस्तै १५०० मिटर दौड छात्रा तर्फ माबी हेकुली कि टीका भुसाल प्रथम,माबी मधपुरकी अमृता खत्री दोस्रो र माबी श्रीगाउ कि प्रतिमा ओलि तृतिय भए !त्यस्तै सटपट छात्र तर्फ भानु माबी परसडुवाका चित्र बहादुर ओलि प्रथम, माबी हेकुलिका राकेश घर्तिमगर दोस्रो र श्रीगाउ लाईभ भिजन सिम्ठानाका जीवन भण्डारी तृतिय भए ! त्यस्तै सटपट छात्रा तर्फ माबी हेकुली कि शोभा भण्डारी प्रथम, माबी परसडुवाकी अन्जिता चौधरी दोस्रो र ज्ञानोदय ईग्लिस बोर्डिङ स्कुलकी शुसिला चौधरी तृतिय स्थान हासिल गर्न सफल भए ! यसैगरी लङजम्प छात्र तर्फ माबी मधपुरका करण चौधरी प्रथम,माबी हेकुली का सुनिल परियार दोस्रो र माबी श्रीगाउका शिवम् एरि तृतिय स्थान हासिल गर्न सफ भए !
त्यसैगरी लङजम्प छात्रामा माबी श्रीगाउका सुनिता डागी प्रथम,ज्ञानोदय स्कुलकी यानु चौधरी दोस्रो र माबी परसडुवाकी अन्जिता चौधरी तृतिय भए ! जारी प्रतियोगितामा शुक्रबार बिहान २००,८०० मिटर छात्र/ छात्र,कबडी, भलिबल लगाएत खेलहरु हुने आयोजकले जानकारी दिएको छ !