देश एमालेमय

काठमाडाैं । सर्वोच्च अदालतको फैसलापछि देश एमालेमय भएकाे छ । नेकपा एमालेका नेता कार्यकर्तामा उत्साह छाएकाे छ । विभिन्न जिल्लामा धमाधम विघटित नेकपा एमाले ब्युँताउन थालिएको छ ।

देशभर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड टाँस्ने काम तिब्र पारिएकाे छ । सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम ऋषि कट्टेलको अध्यक्षताको पार्टीलाई दिएसँगै एमाले र माओवादी केन्द्र ब्युँतिएका छन् ।

यसै क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला पार्टी कार्यालय सन्धिखर्क अर्घाखाँचीमा नेकपा एमालेको साइनबोर्ड राखिएको छ । भव्य उत्साहसाथ मंगलबार अर्घाखाँचीमा नेकपा एमालेकाे कार्यालय पुर्नस्थापना गरिएकाे हाे । साे कार्यालय तत्कालीन एमालेकै पार्टी कार्यालय हाे ।

साइनबाेर्ड परिवर्तन गर्न आयाेजितक कार्यक्रममा नेकपा एमालेका प्रदेश सांसद् तथा जिल्ला अध्यक्ष चेतनारायण आचार्य, प्रदेश सांसद् रामजी घिमिरे लगायत स्थानीय तहका जनप्रतिनिधि र कार्यकर्ता उपस्थित भएका थिए । एमालेकाे साइनबाेर्ड राख्ने क्रममा उनीहरूले सही पनि एमाले मै पनि एमाले गीत गाएर उत्सव समेत मनाएका छन्।

जिल्लाका अन्य गाउँ, नगर तथा वडाहरुमा पनि एमालेको कार्यालय पुनर्स्थापित गर्न थालिएको छ ।

प्रतिक्रिया दिनुहोस