दाङ । घोराही १४ मा ज्येष्ठ नागरिक दिवा सेवा मिलन केन्द्रको आज एक कार्यक्रम गरी उद्धाटन गरिएको छ । घोराही १४ का अध्यक्ष शक्तिराम डाँगीको अध्यक्षतामा तथा वरिष्ठ पत्रकार तथा साहित्यकार नारायनप्रसाद शर्माको प्रमुख आतिथ्यता एवं लुम्विनी प्रदेश सभा सदस्य अर्जुनकुमार श्रेष्ठको विशिष्ठ आतिथ्यतामा एक कार्यक्रम गरि केन्द्रको भवन उद्घाटन भएको हो ।
कुनै पनि जेष्ठ नागरिकलाई परिवारको दबाब , अपहेलना जस्ता कार्यहरू नहोस् भन्ने उदेश्यले यो भवन निर्माण गरेको प्रमुख अतिथि नारायणप्रसाद शर्माले बताउनु भयो।यस भवन सार्बजनिक स्थल भएको हुदा सबै जेष्ठ नागरिकको अधिकार भएको बिशिस्ट अतिथि लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार शर्माले बताउनु भयो।
रास्ट्रीय प्रजातन्त्र पार्टीको प्रतिनिधि त्रिभुवन थापाले भोलिको दिनमा अपुग व्यवस्थापन गर्ने भन्दै यस थलो आजीवन रहने बताउनु भयो।
कुनैपनि महत्त्वपूर्ण दिनहरु यस्तै पवित्र ठाउमा उत्सव मनाउनु पर्छ भन्नेकुरामा नेपाल पत्रकार माहासङ्घको अध्यक्ष सबिन प्रियासनले जोड दिदै आगामी दिनमा नेपाल पत्रकार महासंघले गर्नु पर्ने सहयोग गर्ने छ अध्यक्ष प्रियासनले बताउनु भयो।