कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध गाली बेइज्जती मुद्दा दायर

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध राष्ट्रियसभा सदस्य कोमल वलीले गाली बेइज्जती सम्बन्धी कसुरमा मुद्दा दायर गर्ने भएकी छन् । पन्तले दिएको अभिव्यक्तिविरुद्ध मुद्दा दायर गर्न कोमल वली जिल्ला अदालत, काठमाडौं पुगिसकेकी छन् ।

नेता रघुजी पन्तले यही दिएको अभिव्यक्तिका कारण आफ्नो चरित्र हत्या भएको र इज्जतमा दाग लागेको भन्दै कारबाहीको माग गरेकी छिन् ।

पन्तले २०७७ फागुन १५ गते काठमाडौ स्थित सामाखुसी, ग्लोवल क्याफेमा भएको नुवाकोटका पूर्वएमाले कार्यकर्ता भेलालामा सम्बोधन गर्ने क्रममा ‘गोडा पिँडुला देखाउदै पोइला जना पाम भने पछि सांसद बनाएको, पोइला जान पाम भनेपछि संसद त तीनै भइन् । कपाल फुलेका बुढीहरुले केही पाएनन् ।

२० औ वर्ष संघर्ष गरेका, विवाह नै नगरी पार्टीमा योगदान दिएका महिलाहरुले कहिल्यै टिकट नपाएको तर गोडा पिँडुला देखाउदै पोइला जान पाम भने पछि कोमल ओलीलाई केपी ओलीले सांसद बनाएको” भनी अभिव्यक्ति दिएकोमा वलीले आपत्ति जनाउँदै आएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस