अलग भए पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहन्छ : माधवकुमार नेपाल

काठमाडौँ । माधवकुमार नेपालले दुई धारमा रहेर पनि माओवादी केन्द्रसँग सहकार्य जारी रहने बताएका छन् । उनले जुनसुुकै स्थानमा रहेपनि कम्युनिष्टहरु एकीकृत भएर सहकार्य गर्ने बताए । बामपंथी धारलाई बलियो बनाउन दुवै पक्षले उत्तिकै सहकार्य गर्न आवशयक रहेको बताउँदै उनले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई ध्यानमा राखेर सबै लोकताान्त्रिक शक्तिलाई साथमा लिएर सहकार्य जारी रहनेछ ।’

दाहाल-नेपाल समूहको बैठकपछि माधव नेपालले निकै गह्रुंगो हुँदै भने, ‘पार्टी नै फरक फरक भएपनि हाम्रो हृदय नै विशाल छ सबैलाई समेटेर लैजाने छाँै ।’ सर्वोच्च आदालतको फैसालाले यो अवस्था श्रृजना गरेको भन्दै उनले भने फैसालाको बारेमा सुनेका हौँ त्यसमा छलफल भैरहेको छ ।

आदेशको पूर्णपाठ अध्ययन र विभिन्न पक्षसँग छलफलपछि पुनरावेदन गर्नेबारेमा पनि छलफल भइरहेको उनले बताए । अदालतको फैसलासँग निर्वाचनको पत्र पनि अध्ययन गर्ने उनले बताउँदै भने, ‘फैसला कार्यावन्यनमा जान जटिल छ । अहिले हामी फैसलालाई मानेर नै अघि बढ्ने हो । तर, पूर्व एमालेको नाममा अर्को दल दर्ता छ भने पूर्व माओवादीको नाममा पनि अर्को दल दर्तामा रहेको सुन्नमा आएको छ यो कसरी समाधान होला ?’

फैसला कार्यावन्यनको लयमा जान्छ कि जाँदैन हेर्न जरुरी छ । बैठकपछि नेपाल र खनाल समूह पूर्वएमालेमा नै फर्केका छन् । उनीहरुले त्यहीँ भित्र रहेर केपी ओलीविरद्ध संघर्ष गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस