मन्त्री साहले दिए मुस्कान खातुनलाई बधाई

काठमाडौं । सहरी बिकास मन्त्री प्रभु साहले अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार विजेता मुस्कान खातुनलाई बधाई ज्ञापन गरेका छन् ।

एसिड आक्रमणमा परेकी मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानून र सजायको लागि लबिङ गरेको भन्दै अमेरिकाले उनलाई पुरस्कृत गर्ने घोषणा गरेको हो ।
मन्त्री साहले सामाजिक सञ्जालमा लेखेका छ्न:
हार्दिक बधाई तथा सफलताको भव्य शुभकामना

अमेरिकन सरकारले प्रदान गर्ने अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कारबाट एसिड आक्रमणमा परेकी मुस्कान खातुन बहिनी सम्मानित हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्न चाहन्छु । साथै, खातुन बहिनीले देखाएको अदम्य सहासको उच्च सम्मान र प्रशंसा गर्दै उनले एसिड आक्रमण विरुद्ध जारी राखेको अभियानले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा निरन्तर सफलता प्राप्त गरोस् भन्ने विशेष शुभेच्छा समेत प्रकट गर्न चाहन्छु ।

वीरगञ्ज निवासी मुस्कानलाई २०७६ भदौमा विद्यालय जाँदै गर्दा अपराधीले एसिड प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस