ईन्टर रोटरी-रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट सुरु

दाङ । दाङको तुलसीपुरमा ईन्टर रोटरी – रोट्रयाक्ट क्लब फुटसल टुर्नामेन्ट २०७७ शुक्रबार देखि सुरु भएको छ !

रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्रयाक्ट क्लब अफ तुलसिपुरको संयुक्त आयोजनामा द लेजेण्ड फुटसल ग्राउन्ड मा संचालित प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डे ले उद्घाटन गर्नु भएको हो !

उद्घाटन कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख अतिथी पाण्डे ले मानव स्वास्थ को अभिन्न अंग खेलकुद को बिकास बिना समृद्धि को परिकल्पना गर्न नसकिने बताउनु भएको छ !

बिकसित मुलुक ले खेलकुद का माध्यम बाटै समृद्धि हासिल गरेका छ्न् देशको समृद्धि को मुख्य सुचक खेलकुद हो अब हामी खेलकुद मा लगानी बढाउदै लैजाने पक्ष मा छौ उहाँ ले भन्नु भयो ! त्यस्तै उहाँ ले भन्नू भयो खेलकुदको शहर तुलसिपुर खेलमय बन्दैछ, हामी भौतिक संरचना निर्माण र खेल गतिविधि एकै साथ अगाडि लैजादैछौ !त्यस्तै विशिस्ट अतिथी ईलाका प्रहरी कार्यालय तुलसिपुर का प्रमुख शिव बहादुर सिङ ले तुलसिपुर क्षेत्रमा बढेको खेल गतिबिधी को प्रसंशा गर्दै बाहिर जिल्ला बाट आउने खेलाडी को सुरक्षा ब्यबस्थापन मजुबुत पारेको बताउनु भयो !

प्रतियोगिताको उद्घाटन समारोह रोटरी क्लब अफ तुलसिपुर सिटि का प्रस्तावित अध्यक्ष शिव प्रसाद श्रेष्ठ को अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका का मेयर घनश्याम पाण्डेको प्रमुख आतिथ्य एवं ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख शिव बहादुर सिङ र तुलसिपुर उपमहानगरपालिका युवा तथा खेलकुद समितिका संयोजक अमर नेपाली माईकल को बिशिस्ट आतिथ्य मा भएको थियो ! रोट्रयाक्ट क्लब अफ तुलसिपुर का अध्यक्ष प्रमिस लामिछाने को स्वागत रहेको कार्यक्रम को संचालन रोटरी क्लब अफ तुलसिपुर सिटिका महासचिव देवेन्द्र केसि ले गर्नु भएको थियो !

यसैबिच प्रतियोगितामा रोटरी क्लब अफ तुलसिपुर सिटि र रोट्र्याक्ट क्लब अफ तुलसिपुर ले बिजयी सुरुवात गरेका छन ! सुक्रबार सम्पन्न उद्घाटन खेलमा रोटरी क्लब अफ लमही लाई ३ का बिरुद्ध ११ गोलको पराकिलो अन्तर ले पाखा लगाउदै रोटरी क्लब अफ तुलसिपुर सिटि ले बिजयी यात्रा सुरु गरेको हो ! त्यस्तै रोटरी क्लब अफ धनगडी लाई २ का विरुद्ध १७ गोलको भारी अन्तर ले पाखा लगाउदै रोट्रयाक्ट क्लब अफ तुलसिपुर ले बिजयी यात्रा सुरु गरेको हो !

आपसी भाईचारा कायम राख्ने र ब्यवसायिक फुटसल खेल को बिकासमा थप टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा लुम्बिनी,कर्णाली र सुदुरपश्चिम प्रदेशका रोटरी रोट्र्याक्ट क्लबका ८ टिमको सहभागिता रहेको प्रतियोगिता का संयोजक रुपेश शर्मा ले जानकारी दिनु भएको छ । प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद ३० हजार पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ ।

त्यस्तै उपविजेताले नगद १० हजार मेडल, प्रमाणपत्र हात पार्ने सयोजक शर्मा ले बताउनु भयो । त्यस्तै प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फ वेस्ट प्लेयर हुने खेलाडी लाई पुरस्कृत गरिनेछ !

फागुन गते सम्म चल्ने प्रतियोगिताका खेलहरु नकाउटका आधारमा खेलाईनेछ। यसैविच प्रतियोगिताको फाईनल तथा समापन समारोह सनिवार हुने आयोजक ले जानकारी दिएको छ!

प्रतिक्रिया दिनुहोस