सबै अपरेटरलाई आफ्नो सम्पुर्ण विवरण सहित संघको दायरामा आउन सुझाव

काठमाडौ- धादिङ जिल्ला त्रिपुरासुन्दरी–१ सल्यानटारमा जे सी बी डोजरको ठक्करबाट घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई  जिउदै पुरेर दाङको डोजर ड्राइभर भीमबहादुर बुढाथोकी भागेको घटनालाई ध्यानाकर्षण गर्दै अपरेटर संघले नेपालको हरेक जिल्लामा कार्यरत सबै अपरेटरलाई आफ्नो नागरिकता,लाइसेन्स,कार्यरत कम्पनीको सम्पर्क नम्बर र मालिकको नाम सहित आफ्नो जिल्लाको संघ सम्पर्क प्रतिनिधि संग जोडिई संघको दायरामा रहेर मात्रै काम गर्न,गराउन अपरेटर र संबंधित कम्पनीको मालिकलाई सुझाव दिइएको अपरेटर भिजन कर्पोरेसन नेपालको अभियान्ता तथा डोजर अपरेटर तथा सबारी चालक संघ नेपालको अध्यक्ष टिबि विश्वकर्मा हिमालले बताउनु भएको छ। 
मानवियता गुमाएर मान्छे माथी डोजर चलाउने, जिउदै मान्छे पुर्ने, अर्काको श्रीमती टिपेर भाग्ने, सोझा युवती फसाई पेट बोकाएर भाग्ने, बलात्कार गर्ने जस्ता हजारौ डोजर काण्डहरु डोजर अपरेटर संग जोडिन र बारबार दोहोरिएर कर्तव्यनिष्ठ र इमान्दार अपरेटरहरुको समेत मान मर्यादा र इज्जतमा आंच पुग्न थाले पछि डोजर अपरेटर तथा सवारी चालक संघ नेपालले सबै जिल्लाको जिल्ला संयोजकहरुलाई आफ्नो जिल्लामा कार्यरत अपरेटरहरुले अपरेटर संघको मर्यादा भन्दा बाहिर रहेर  डोजर नचलाउन चलाउन नदिन आफ्नो केन्द्रीय पदाधिकारी हरुलाई पत्राचार गरेको छ। अटेरी र ब्यवास्ता गर्ने अपरेटरलाई संघले त्यस कम्पनी र जिल्लामा काम गर्न नदिन सक्ने गरी कार्वाही समेत गर्न संघले अनुगमन टोली समेत खटाएको छ।

प्रतिक्रिया दिनुहोस