काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले नेपाल सरकार र नेकपा विप्लव समूहबीच भएको सहमति सकारात्मक रहेको प्रतिक्रिया जनाएका छन्।
बिहीवार बिहान सरकार र विप्लवबीच ३ बुँदे सहमति भएपछि सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष थापाले सकारात्मक प्रतिक्रिया जनाएका हुन्। अध्यक्ष थापाले संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य रहेको जनाए।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकार र नेकपा विप्लव समूहका बीचमा भएको सहमति सकारात्मक छ। संवाद र शान्तिपूर्ण राजनीतिक माध्यमबाट समस्याको समाधान खोज्ने नेकपाको प्रतिबद्धता स्वागतयोग्य छ।’