कसैले हटाउन सक्छ भने हटाओस्, दुई तिहाई ल्याएर फेरी सिंहदरबार पस्छुः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट हटाएर देखाउन प्रचण्ड–माधव नेपाल पक्षलाई चुनौती दिएका छन् ।

मंगलबार झापामा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई हटाउन सजिलो नभएको र हटाउन सके पनि हटाएर देखाउन आग्रह गरेका छन् ।

‘मलाई अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस् तर, सजिलो छैन् । खुसीसाथ हट्छु । डेढ/दुई वर्षमा त चुनाव होला । आउँदो चुनावमा दुई तिहाई ल्याएर फेरी सिंहदरबार पस्छु । यो देश बनाउनुपर्छ बिगार्नुहुँदैन’, उनले भने ।

प्रधानमन्त्री ओलीले सरकारले सबै छिमेकीहरुसँग मित्रता राख्ने बताउँदै आफुहरुको गन्तब्य सुखी नेपाली भएको तर, अरुलाई खुसी बनाउने नभएको स्पष्ट पारेका छन् ।

‘राष्ट्रिय सम्प्रभूताको ख्याल गर्दै छिमेकीसँग सम्बन्ध राख्नुपर्छ । नेपाली जनताले दुःख पाए पनि पाऊन अरुका लागि कम्र्फटेबल सरकार होइन, नेपाली जनतालाई कम्र्फटेबल हुने सरकार चाहियो । जनताका लागि काम गर्ने सरकार चाहियो’, उनले भने।

प्रतिक्रिया दिनुहोस