दोस्रो वडा अध्यक्ष कप सुरु, टरिगाउँको बिजयी सुरुवात

दाङ । तुलसिपुर उपमाहानगरपालिका वडा न १२ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७ सोमबार देखी टरिगाउ खेलमैदान मा सुरु भएको छ ।

एयरपोर्ट टोल बिकास संस्था तुलसिपुर १२ को आयोजनामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रम का प्रमुख अतिथी तुलसिपुर वडा न १२ का अध्यक्ष सुर्य बहादुर डाँगी ( श्याम) ले गर्नु भएको हो ।

उद्घाटन समारोहलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी डागी ले मानव स्वास्थ्य संग प्रत्यक्ष जोडिएको खेलकुदको विकास विना देशको समृद्धी असम्भव रहको बताउनु भएको छ ।
मावन समाज र अनुशासन को मुख्य मेरुदण्ड खेलकुद हो यसको विकास विना समृद्धी सम्भव छैन अव स्थानिय तह सिंगो खेलकुदको विकासमा जुट्न आवश्यक छ डागी ले भन्नुभयो ।
खेलकुद क्षेत्रलाई स्थानिय निकायले हेर्ने दृष्टीकोण अझै साँधुरो छ अब खेलकुदमा स्पष्ट लगानीको खाँचो छ, खेलकुदको उर्वरभुमी दाङलाई खेलमय बनाउन अपेक्षाकृत लगानीको आवश्यक्ता पर्दछ उहाँले भन्नुभयो ।

आयोजक टोल बिकास सस्थाका अध्यक्ष तिलक बहादुर बस्नेतको अध्यक्षता तथा तुलसिपुर उपमहानगरपालिका वडा न १२ अध्यक्ष सुर्य बहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको थियो!
टोल बिकास सस्थाका सचीव भरत लामिछने को स्वागत रहेको कार्यक्रममा तुलसिपुर उपमहानगरपालिका वडा न १२ का सदस्य मान बहादुर खत्री,शान्ता पुन,रामशरण चौधरी ,टीका बिक, समाजसेवी शिव बुढाथोकी,टोप बहादुर बुढाथोकि लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो !कार्यक्रमको संचालन भिम बहादुर बस्नेत ले गर्नु भएको थियो ।

तिन दिन सम्म चल्ने प्रतियोगितामा वडा भित्र स्थापित १० टोल बिकास सस्थाका टिम को सहभागिता रहेको छ! यसैबिच प्रतियोगिता मा तुलसिपुर १२ टरिगाउ ले बिजयी सुरुवात गरेको छ !
उद्घाटन खेलमा आयोजक क्वाङीलाई शून्य का बिरुद्ध ३ गोल अन्तरले पाखा लगाउदै टरिगाउ ले बिजयी सुरुवात गरेको हो !

खेलमा टरिगाउका जर्सी न १० खेलाडि डिक्सन केसिले ह्याटि्रक गरे ! उनले खेलको पहिलो हाफ्को १७,दोस्रो हाफ्को २३ र २८ औ मिनेटमा गोल गर्दै टिम लाई ३-० को जित दिलाउन सफल भए ! प्रतियोगिता अन्तरगत मंगलबार बिहान टरिगाउ ए र कचिली बि भिड्नेछ्न ! खेल बिहान ७ बजे हुनेछ !
खेल अवधिभर रेफ्रीको भुमिका मा एन्फा रेफ्री शिवहरि शर्मा, खुम वलि र सुरेन्द्र चौधरी रहनु भएको छ !

प्रतिक्रिया दिनुहोस