यसअघिको मन्त्रिपरिषद बैठकमै २३ गते संसद अधिवेशन बोलाउनेबारे छलफल भए पनि औपचारिक निर्णय आज गरेको कृषि मन्त्री पद्मा अर्यालले चक्रपथलाई बताउनुभयो । यसअघि फागुन २३ गते संसद् आह्वान भएको बताइए पनि राष्ट्रपतिसमक्ष त्यो सिफारिस पुगेको थिएन ।
सर्वोच्च अदालतको फैसलापछि सरकारले फागुन २४ गतेसम्म संसद् अधिवेशन आह्वान गरिसक्नुपर्नेछ ।