ग्रेट अरनिको माध्यमिक बिद्यालय तुलसीपुरमा खेल सप्ताह कार्यक्रम सुरु (फोटो फिचर)

दाङ । तुलसीपुर- ६ स्थित ग्रेट अरनिको माध्यमिक बिद्यालयले आफ्ना विद्यार्थीहरुको आन्तरिक क्षमता प्रस्पुटन गरि हरेक क्षेत्रमा अब्बल बनाउन बिगतका बर्षहरुमा झै यो बर्ष पनि खेल सप्ताह कार्यक्रम सुरु गरेको छ।

बिहानि सत्रमा कक्षा ११ र १२ का विद्यार्थीहरु र दिवा क्षेत्रमा कक्षा नर्सरी देखि १० कक्षा सम्म गरि २ सिफ्टमा खेलकुदका कार्यक्रम सुरु गरिएको छ। बिद्यालयमा खेल सप्ताह अन्तर्गत भलिबल, फुटबल, दौड, कबर्दी, लङ्ग जम्प, हाइ जम्प, क्रिकेट, कुर्सी दौड लगाएता कार्यक्रमहरु यहि फाल्गुन १६ गते देखि २१ गते सम्म हुने र २२ गते शनिवार पुरस्कार बितरण तथा स्वागत कार्यक्रमहुने खेल सप्ताह संयोजक तथा बिद्यालयका प्रोग्राम डाइरेक्टर एबम प्रबक्ता नारायण भट्टराईले नेपालयन खबरलाई जानकारी दिनुभयो ।

खेल सप्ताह कार्यक्रमको आज बिद्यालयका प्राचार्य बिष्णु प्रसाद आचार्य र सि.इ.ओ बिष्णु प्रसाद देबकोटाले संयुक्त रुपमा उद्घाटन गरिएको कार्यक्रमको सहजीकरण बिद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक मेघराज पोख्रेलले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस