खुला पुरुष भलिबल जारी

दाङ । दाङ तुलसीपुर अरनिको मैदानमा जारी जिल्लाकै सर्वाधिक ठूलो पुरस्कार राशीको खुला पुरुष भलिबल प्रतियोगितमा डल्फिन फिड कैलाली,पिवाईसी रुकुम र हिरा डाँगी फाउन्डेसनले बिजयी सुरुवात गरेका छ्न् !

नेपाल गणतान्त्रिक खेलकुद महासंघ को आयोजना मा संचालित प्रतियोगिता को आईतवार सम्पन्न लिग चरण का खेलमा युवा बहुमुखी क्लब पिपलनेटा सल्यान लाई २५-१२ र २५-२० को सोझो सेटमा पाखा लगाउदै डलफिन फिड कैलाली ले बिजयी यात्रा सुरु गरेको हो ! त्यस्तै फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर लाई २५-१२,२३-२५ र २५-१६ अर्थात २-१ को सेटमा पाखा लगाउदै बिजयी यात्रा सुरु गर्दा देउखुरी भलिबल क्लब लाई २५-१५ र १५- २३ को सोझो सेटमा पराजित गर्दै हिरा डागी फाउन्डेसन ले आफ्नो बिजयी यात्रा सुरु गरेको हो !

यसैविच प्रतियोगिता अन्तरगत सोमबार बिहान हुने पहिलो खेलमा रुकुम पश्चिम र राप्ती बबई क्याम्पस तुलसिपुर भिड्नेछन् ! खेल बिहान साढे सात बजे देखि सुरु हुने आयोजकले जानकारी दिएको छ ! प्रतियोगिताको रेफ्रीको भुमिकामा रास्ट्रीय रेफ्री हरिस वलि,प्रदेश रेफ्री भरत कवर, धनमाया बोहरा र भिम बहादुर डागी लगाएत रहनु भएको छ !सबैका लागि खेलकुद, खेलकुदमा बैज्ञानिक नयाँ संरचना र आमुल परिबर्तन भन्ने मुल नाराका साथ स्थानिय स्तरमा भलिबल खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगितामा १२ टिमको सहभागिता रहेको नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रिय अध्यक्ष जयन्द्र बहादुर चन्दले जानकारी दिनु भएको छ ।

बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै संचालन गरिने
प्रतियोगिता को बिजेता,उपबिजेता,तृतीय र सान्त्वना स्थान हासिल गर्ने टिमले क्रमशः नगद १ लाख,५० हजार २५ हजार र १५ हजार तथा कप,मेडल, प्रमाणपत्र हात पार्ने छन् ! त्यस्तै खेल अबधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ खेलाडी हरु लाई पुरस्कृत गरिने नेपाल गणतान्त्रिक खेलकुद महासंघ का केन्द्रीय महासचिव बिनोद चन्द ले जानकारी दिनु भएको छ !

प्रतिक्रिया दिनुहोस