झापाको दमक नगरपालिका, गौरादह नगरपालिका तथा कमल गाउँपालिकाका क्षेत्रमा बन्ने चाइना नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्कको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले उक्त पार्टीसंगको वार्ता निष्कर्ष पुर्याएरै छाड्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘त्यो खुशीको खबर छिट्टै पाउनु हुनेछ।’ कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले आफु लामो संघर्ष र दुःख कष्ट सहदै आएको नेता भएको भन्दै कसैले फुर्ती नलगाए हुने बताउनुभयो ।

‘लोकतन्त्रका लागि हामी लडेर आएका हौं । संघर्ष गरेरै आएका हौं । संघर्ष हाम्रो जीवन हो, झुसे बारुलाहरुले फुर्ती नलगाए हुन्छ ।’  आफुले गल्ती नगरेपनि पटक पटक मुद्दा हारेको बताउँदै प्रधानमन्त्री ओलीले आफु जनताको मतले प्रधानमन्त्री भएको बताउनुभयो । जबसम्म मेरो टाउकामाथि जनतको हात र साथ हुन्छ तबसम्म म प्रधानमन्त्री हुन्छु, मुद्दा जितेर म प्रधानमन्त्री बनेको हैन ।

प्रतिनीधिसभा पुर्नस्थापना भएपछि प्रचण्ड र माधव नेपाल विभिन्न पार्टी चाहार्दै  प्रधानमन्त्री बन्देउ भन्दै हिडेको बताउँदै प्रधानमनत्री ओलीले ‘नन्दी भिरिङ्गी मिलेर सरकार बनाउ, केपी ओलीलाई हटाई नत्र त्यस्ले त्यसको विकास गर्छ भनेर पो हिड्दैछन् ।’  सरकार बनाउन अन्य पार्टीकोमा जाँदा प्रचण्ड र माधवलाई तपाईहरुको पार्टी कुन हो भन्ने प्रश्नको उत्तर समेत नभएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘संसद त पुर्नस्थापना त भयो,संसदीय दलको नेता केपी ओली, पार्टीको अध्यक्ष केपी । ’

प्रधानमन्त्री ओलीले आफुलाइृ हटाउन चाहानेलाई अविश्वासको प्रस्ताव राख्न चुनौती दिनुभयो । ‘अविश्वासको प्रस्ताव राख्नुहोस्, मत राख्न राख्नुस् हटाएर देखाउनुस्,हटेछु भने जनतासँग गएर दुई तिहाई ल्याएर आउछु ।’ प्रधानमन्त्रीको भनाई थियो ।  प्रधानमन्त्री ओलीले करिब ६४ अर्ब रुपैयाँ लगानीमा बन्ने भनिएको ‘चाइना–नेपाल फ्रेन्डसीप इन्डस्ट्रियल पार्क’को शिलान्यास गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दमक र चुलाचुली जोड्ने रतुवा नदीमा मदन भण्डारी मार्गमा पर्ने पुलको शिलान्याससमेत गर्नुभएको छ ।  मदन भण्डारी मार्ग धरान पूर्व सेक्टर अन्तर्गत पर्ने ३१ वटा पुलको एकैपटक उहाँले शिलान्यास गर्नुभएको हो ।  दमक १ बाट चुलाचुली जोड्ने रतुवा नदीमा निर्मित पुल, दमक ४ बाट उर्लाबारीको आमबारी जोड्ने मावा पुल, दमक १० बाट बालुवथान जोड्ने रतुवामा निर्मित पुलको उद्घाटन पनि प्रधानमन्त्री ओलीले गर्नुभएको छ ।