काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री अोलीले साँझ ५ बजेका लागि बैठक मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सम्भावना रहेको छ । गत मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापना भएको १३ दिनभित्र बैठक बोलाउन सरकारलाई निर्देशन दिएको थियो ।
सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका थिए । उनीहरुबीच संसद बैठक बेलाउने विषयमा छलफल भएको बताइएको छ ।