दाङ। अचेल निकै चोर भएको छु म
आमाको आखा पढेर ममता चोर्ने गर्छु
बाबाको पसिनाबाट जिम्मेवारी चोर्ने गर्छु
दाइको सफलता बाट संघर्ष चोर्ने गर्छु
साथिको साथ बाट भावना चोर्ने गर्छु
मजदुरीबाट दुख र अभाव चोर्ने गर्छु
सच्चा प्रेमीहरु बाट पागलपन चोर्ने गर्छु
थाहा छ?मैले उसको मन पनि चोर्न खोज्दै छु।