भारतकाे ‘खुशी’ धमाधम प्रकट हुँदै

काठमाडाैं । भारतकाे खुशी धमाधम प्रकट हुँदैछ । नेपालकाे अहिलेकाे अवस्था देखेर भारत कति खुशी छ भन्ने कुरा भारतीय जनता पार्टी (बीजेपी) का नेता सुव्रमण्यम् स्वामीका शब्दबाटै प्रष्ट हुन्छ ।

नेपालमा केपी ओलीलाई कमजाेर पार्न खाेजिँदा भारत खुशी हुन्छ । केपी ओली नेतृत्वकाे सरकार ढाल्न खाेजिँदा भारत खुशी हुन्छ । नेपाल जब अप्ठेराेमा पर्छ भारत खुशी हुन्छ । नेपालमा जब राजनीतिक अस्थिरताकाे खेल सुरू हुन्छ भारत खुशी हुन्छ । भारतलाई यसरी खुशी बनाउन सहयाेग गर्ने नेताहरू अरू काेही नभएर नेपालकै नेता हुन् भन्नेमा पनि दुईमत छैन ।

सर्वाेच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुर्नस्थापनाकाे घोषणालगत्तै भाजपा नेता सुव्रमण्यम्ले नेपालबाट शुभ समाचार आएको प्रतिक्रिया दिनुभएकाे थियाे । फैसलालगत्तै ट्‍वीट गर्दै स्वामीले अब नेपाल र भारतको सम्बन्ध नयाँ ढंगबाट अढि बढ्ने उल्लेख गर्नुभएकाे थियाे ।

यसकाे अर्थ भारत नेपालमा स्थिरता चाहाँदैन । केपी ओली जस्ता राष्ट्रवादी नेतालाई नेतृत्वमा देख्न सक्दैन । नेपालमाथि धावा बाेल्न राष्ट्रवादकाे नक्कली खाेल भिरेका नेपाली नेतासँग मिलेर भारत अनेक खेल खेल्छ भन्ने प्रष्ट हुन्छ । स्वामी प्रवृत्तिका नेपाली नेताहरूले नै भारतसँग मिलेर ओली सरकारमाथि धावा बाेलिरहेका छन् ।

पुर्नस्थापनासँगै प्रचण्ड समूहले आफ्नै पार्टीका प्रधानमन्त्री हटाउने रणनीतिसाथ नयाँ प्रधानमन्त्री लागि छलफल अगाडि बढाइरहेका बेला स्वामीले आज फेरि अर्काे ट्‍वीट गर्नुभएकाे छ ।  प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीकाे आलाेचना गर्दै स्वामीले ट्‍वीट गर्नुभएकाे छ । अहिले प्रधानमन्त्री ओली न घर न घाटको जस्तो अवस्थामा पुगेकाे भन्दै स्वामीले यही बेला भारतले चतुर राजनीतिक कदम चाल्नुपर्ने उल्लेख गर्नुभएकाे छ ।

उहाँले लेख्नुभएकाे छ – ‘ओली उनकै कदमका कारण अहिले न घर न घाटको अवस्थामा पुगेका छन्, यही बेला चिनियाँ प्रभावलाई निस्तेज गर्न भारतले केही सिक्नैपर्छ,चिनियाँहरुले भूमिका बढाउने छन् त्यसैले सन्तुलन कायम राख्न भारतले निकै चतुर राजनीतिक कदम चाल्नुपर्छ ।’

केपी ओलीकाे नेतृत्वमा सरकार बनेसँगै नेपालका केही नेतासँग मिलेर भारतले सरकार ढाल्ने खेल थालेकाे थियाे । तर राष्ट्रियताका लागि चट्टानझै उभिनुभएका केपी ओलीलाई ढगमगाउन सकेन भारतले । ओली नेतृत्वकाे सरकारलाई ढाल्ने भारतकाे प्रयास सफल भएन । ओली सरकार ढाल्न नसकेपछि आफै बिगारेकाे नेपालसँगकाे सम्बन्ध सुधार्न भारतले आफै हात अगाडि बढायाे । विभिन्न चरणमा दूत पठाएर छलफल थाल्याे ।

पुस ५ गते मन्त्रिपरिषद्काे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ का लागि चुनावकाे घाेषणा गर्नुभयाे । त्यसकाे विराेधमा नेकपाकाे मूलधारबाट प्रचण्ड समूह बाहिरियाे र आन्दाेलन थाल्याे । यसबीचमा स्थिरताका पक्षधरकाे चाहाना थियाे चुनाव हाेस् । तर फैसला पुर्नस्थापनाकाे पक्षमा आयाे । त्यसपछि फेरि भारतले खेल थाल्याे । अब केपी ओली नेतृत्वमा रहँदैनन् भन्ने अर्थमा भारतले चलखेल सुरू गरिसकेकाे स्वामीकै शब्द काफी छन् ।

भारतले राम्राेसँग बुझेकाे छ । केपी ओली सत्तामा रहनुन्जेल नेपालविरूद्ध परै जाहाेस् नेपाललाई गलत नजरले हेर्नुपनि हुँदैन । आफूले लुटेकाे भूमि केपी ओलीले फर्काउँछन् भन्ने पनि भारतले राम्रै बुझेकाे छ । हाे यही कारण नै केपी ओलीलाई रूचाउँदैन भारत ।

विघटनविरूद्ध परेका रिटमा सर्वाेच्चमा सुनुवाइ भइरहेकै बेला तीन जना पूर्व प्रधानमन्त्रीकाे भारत दाैडाहा सुरू भयाे । भलै उपचारका लागि भनिएपनि राजनीतिक परिवेश र प्रचण्ड समूहकाे अन्तर्राष्ट्रिय सहयाेगकाे हारगुहारवाला अभिव्यक्तिले शंका गर्ने संयाेग पनि जुट्याे ।

सुरूमा प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धर्मपत्नीकाे सीताकाे उपचारका लागि भन्दै दिल्ली जानुभयाे । दिल्ली पुगेर केही दिनमै फर्कनुभयाे तर सीतालाई उहाँले सँगै ल्याउनुभएन ।  प्रचण्डले लाेकतन्त्र बचाउन अन्तर्राष्ट्रिय सहयाेग चाहिन्छ भनेर सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला अर्का पूर्व प्रधानमन्त्री झलनाथ खनाल पनि उपचारकै लागि भनेर दिल्ली जानुभयाे ।

यसबीचमा जसपाका नेता डा. बालुराम भट्टराई पनि उपचारकै लागि भनेर भारत जानुभयाे । उहाँ अहिले पनि भारतमै हुनुहुन्छ । सर्वाेच्चले फैसला गर्ने दिन नै भारतकाे एउटा अस्पतालमा भर्ना हुनुभएका भट्टराई फैसलापछि जुरूक्कै उठेर भिडियाेमार्फत फैसलाकाे स्वागत गर्नुभयाे । उहाँकाे भिडियाे र फाेटाेबाटै देखिन्थ्याे खुशी । पार्टी फरक भएपनि विघटनविरूद्ध प्रचण्ड  र बाबुराम एउटै माेर्चामा हुनुहुन्थ्याे ।

फैसलाकाे दिन प्रचण्डसँगै चितवन पुग्नुभएकाे साेही समूहका अध्यक्ष माधव नेपालले हिन्दीमा गरेकाे संवाद्ले पनि नागरिकमा शंका उब्जायाे । सर्वाेच्चकाे फैसलालगत्तै प्रचण्ड फाेनमा बाेल्नुभएकाे र माधवले साइडमा बसेर हिन्दीमै काेहीसँग कुरा गरेकाे भिडियाे संवाद् नै सार्वजनिक भएकाे थियाे ।

भारतीय सांसद् र नेताका ट्वीट र नेपालका पूर्व प्रधानमन्त्रीकाे भारत भ्रमणले पनि धेरै नागरिकमा नयाँ खेल सुरू भएकाे शंका उब्जायाे  । पुर्नस्थापनापछि साे खेल सुरू भयाे । जब जब नेपालमा राजनीतिक अस्थिरता सुरू हुन थाल्छ तब तब भारत खुशी हुन्छ । नेपाललाई गलाउन चाहाने नेपाली नेताकै बलमा भारतले सधै आफूहरू खेल्न सक्ने नेपाली नेतृत्वकाे अपेक्षा गरेकाे हुन्छ । आफू अनुकूलकाे नेतृत्व तयार पार्न खेल खेलेकाे हुन्छ । स्रोत सनराईज

प्रतिक्रिया दिनुहोस