दाङमा पाँचवटा पुलको निमार्ण कार्य अन्तिम चरणमा

दाङ । दाङमा निर्माणधीन पाँच वटा पुलको निमार्ण कार्य अन्तिम चरणमा रहेका छन् । सडक डिभिजन कार्यालय अन्र्तगत जिल्लामा निर्माण भइरहेको पाँच वटा पुलहरु असार मसान्त भित्रै सम्पन्न हुने गरी काम भइरहेको छ ।

कार्यालयका सुचना अधिकारी इन्जिनियर अमर सुवेदीका अनुसार घोराही लमही सडकखण्ड अन्र्तगतको सिस्ने खोला पुल, धारापानीस्थित बबई खोला पुल, घोराही ४ स्थित बालिमखोला पुल, ढिकपुर बबई खोला पुल र पश्चिम तुलसीपुरस्थित दुईसोता गिधनीया पुल गरी पाँच वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेका हुन् ।निर्माणाधिन अवस्थामा रहेका ती पुलहरुको निमार्ण कार्य २०७७ सालमा सम्पन्न हुनुपर्ने गरी सम्झौता भएका छन् । जसअनुसार लमही घोराही सडकखण्ड अन्र्तगतको सिस्ने खोलाको पुल निमार्ण कार्य २०७५ वैशाखमा सम्झौता भई २०७७ कार्तिक ३० गतेसम्म सम्पन्न भइसक्नुपर्ने थियो ।तर कोभिडका कारण सम्झौता मितिभित्र सम्पन्न हुन नसकेपछि म्याद थप गरी यहि असार समान्त भित्रै सम्पन्न हुनेगरी काम भईरहेको जनाईएको छ । उक्त पुलको लागत ६ करोड ६ लाख ४० हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस