सत्ता सहकार्य गर्न देउवालाई प्रचण्ड-नेपाल समूहको आग्रह

काठमाडौं । नेकपाको दाहाल नेपाल समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सहकार्यका लागि आग्रह गरेका छन्। सभापति देउवालाई भेट्नका लागि आज देउवा निवास पुगेका अध्यक्षद्वय माधवकुमार नेपाल र प्रचण्डले सभापति देउवासँग सँगै मिलेर जान आग्रह गरेका हुन्।

भेटबारे सभापदि देउवाका स्वकीय सचिव भानु देउवाले भने,‘वर्तमान राजनीतिक परिस्थीतिका बारेमा छलफल भएको छ। उहाँहरुले सबै मिलेर जाऊँ भन्नुभएको छ। सभापतिले पार्टीमा छलफल गर्छु भने।’

कांग्रेसले प्रचण्ड नेपालको प्रस्तावका बारेमा छलफल गर्न भोलि पदाधिकारी बैठक बोलाउने तयारी समेत गरेको छ। स्वकीय सचिव देउवाले भोलि पदाधिकारी बैठक बोलाउने तयारी भएपनि समय भने निश्चित भइनसकेको बताए। पदाधिकारी बैठक सभापति देउवा निवास बुढानिलकण्ठमा बस्नेछ।

प्रतिक्रिया दिनुहोस