ओलीले नहारेको हारलाई जीतको रूपमा बुझ्नु गलत

काठमाडौं । सर्वोच्च अदालतको फाल्गुण ११ को संसद् पुनर्स्थापनाको फैसलाका वारेमा विभिन्न टीकाटिप्पणी पढिएका र सुनिएका छन् । कसैले यसलाई प्रधानमन्त्रीको असंवैधानिक कदमलाई सच्चाइएको र जनताको जीतको रुपमा बुझेका छन् भने कसैले यो फैसलाले जनता, नेताको वीचमा विभाजन गर्ने र मुलुकलाई राजनीतिक अस्थिरतातर्फ धकेल्ने प्रस्थान विन्दुको रुपमा बुझेका छन् । कहिलेकाहीँ राजनीतिमा अनपेक्षित घटनाहरू घट्छन् । जसका आफ्नै दूरगामी महत्त्व हुन्छ ।

तर हिजोको सर्वोच्चको फैसलालाई कसैले पनि जीत हारको अर्थमा बुझ्न आवश्यक छैन । किनकि यहाँ प्रधानमन्त्री ओली हार्नु भएको छैन । उहाँले राजनीतिक स्थिरताका लागि जनताको ताजा जनादेश लिने घोषणलाई एक कदम पछाडि धकेलिएको मात्रै हो । त्यसैले प्रधानमन्त्री ओलीले नहारेको हारलाई उहाँका विरोधीहरूको जीतको अर्थमा बुझे भने यो गलत साबित हुनेछ ।

  • यदि निर्वाचन आयोगले नेकपाको आधिकारिकता फैसला संसद् डाकिने समयभन्दा अगाडी सम्पादन गरिदियो भने संसद्मा अर्को नयाँ दल थपिने छ । ती दलहरूमा रहेका मौजुदा सांसदहरूको बलमा मुलुकमा राजनीतिक शक्तिको धु्रविकरण हुनेछ । त्यसपछि नेपाली राजनीतिमा प्रधानमन्त्री पदका आधा दर्जन भन्दा बढी आकाक्षीहरु देखा पर्नेछन् । राजनीतिको यो सम्भावनामा केपी शर्मा ओली प्रधानमन्त्री रहिरहने सम्भावना छैन भनेर सकले भन्न सक्दछ ? वा उहाँ अविश्वासको प्रस्तावको सामना गरेर प्रधानमन्त्रीमा रहन नसक्ने अवस्थाको अहिले ग्यारेण्टी गर्न मिल्दैन ।
डा. कल्याण रोका 

यो फैसलापछि विश्लेषकहरू र आम नेता कार्यकर्ताले अबको प्रधानमन्त्री फलानो ढिस्कानो भनेर अनुमान गरिरहेका छन् । कसैले अव नेपाली काँग्रेसले जसलाई साथ दियो, उही प्रधानमन्त्री बन्न सक्दछ भन्ने सम्मका अनुमानहरू बाहिर आएका छन् । जसले वर्तमानमा नेपाली काँग्रेसको राजनीतिक तौल बढेको हो की भन्ने भ्रम नेता कार्यकर्ता र आम नागरिकमा पर्न सक्दछ ।

तर यहाँ सबैले बुझ्नु पर्ने तथ्य के हो भने प्रधानमन्त्रीको पौष ५ को घोषणापछि नेकपाका विभिन्न नेताहरूले आफ्ना आफ्ना ब्यानरमा कार्यक्रम गरे पनि अझैसम्म नेकपा कानुनीरुपमा विभाजन भएको छैन । पार्टी औपचारिकरुपमा विभाजन नहुन्जेलसम्म नेकपाका नेताहरूले पार्टीभित्रको अन्तर विरोध समाधान गर्न सके भने अहिले बढेको नेपाली काँग्रेसको राजनीतिक तौल पनि केही दिनमा घटन सक्दछ । यो राजनीतिको सम्पादन पनि अरूबाट सम्भव छैन ।

त्यसको मियो र अगुवाइ पनि केपी ओली नै हुनु हुनेछ । त्यसैले केपी ओलीलाई पराजित गरियो भनेर सडकमा उफ्रिदा उहाँका विरोधीहरूलाई क्षणिक तुष्टि र आनन्द त मिल्ला, तर राजनीति सम्भावनाहरूको खेल हो । यो सम्भावनाले फेरी पनि केपी ओलीलाई नै राजनीतिको मियो र हिरो बनाउने छ ।

  • समृद्धिको यात्रामा बढिरहेको मुलुक अलि पछाडि पर्नेछ । यो अस्थिरताको खेल देखेर नेपाली जनताले निकट भविष्यमै प्रधानमन्त्रीले पौष ५ मा ताजा जनादेश लिने निर्णय ठिक थियो भन्ने अवस्थामा पुग्नेछन् । त्यति वेला पनि केपी ओली राजनीतिको मियो र हिजो नै बन्नुहुनेछ । 

यदि राजनीतिको यो सम्भावना सकियो भने निर्वाचन आयोगले नेकपाको कुन पक्षलाई पार्टीको आधिकारिकता देला वा निर्वाचन चिन्ह कसको हुने ? भन्ने कुराले पनि नेकपा वा नेपालको राजनीतिलाई प्रभावित बनाउन सक्दछ । निर्वाचन आयोगको प्रारम्भिक छलफलले पार्टीको निर्णयमा दुवै अध्यक्षको हस्ताक्षरको माग गरेको छ ।

विगतका दिनहरूमा प्रथम अध्यक्ष केपी शर्मा ओलीको एकल हस्ताक्षरहरूबाट टिकटदेखि अन्य कामहरूलाई मान्यता दिएकोले केपी ओलीको हस्ताक्षरलाई निर्वाचन आयोगले केपी ओली अध्यक्ष भएको पार्टीलाई मान्यता दिन सक्दछ । वर्तमान अवस्थामा पार्टी अध्यक्षको भूमिकामा निर्वाचन आयोगले माधव नेपाललाई नचिन्न पनि सक्दछ । त्यसैले निर्वाचन आयोगले केपी ओली अध्यक्ष भएको पार्टीलाई मान्यता दियो भने अरू समूहले नयाँ पार्टी दर्ता गर्नु पर्ने अवस्था आउन सक्दछ ।

यदि निर्वाचन आयोगले नेकपाको आधिकारिकता फैसला संसद् डाकिने समयभन्दा अगाडी सम्पादन गरिदियो भने संसद्मा अर्को नयाँ दल थपिने छ । ती दलहरूमा रहेका मौजुदा सांसदहरूको बलमा मुलुकमा राजनीतिक शक्तिको धुब्रिकरण हुनेछ । त्यसपछि नेपाली राजनीतिमा प्रधानमन्त्री पदका आधा दर्जन भन्दा बढी आकाक्षीहरु देखा पर्नेछन् ।

राजनीतिको यो सम्भावनामा केपी शर्मा ओली प्रधानमन्त्री रहिरहने सम्भावना छैन भनेर कसले भन्न सक्दछ ? वा उहाँ अविश्वासको प्रस्तावको सामना गरेर प्रधानमन्त्रीमा रहन नसक्ने अवस्थाको अहिले ग्यारेण्टी गर्न मिल्दैन । यदि यस्तो अवस्था नभएमा को प्रधानमन्त्री बन्ने वा कसलाई प्रधानमन्त्री बनाउने भन्ने राजनीतिको मियो पनि केपी शर्मा ओली नै हुनु हुनेछ । अनि उहाँले कसरी राजनीति हार्नु भएको छ ? त्यसैले उहाँले नहारेको हारलाई अरूको जीत कसरी भन्न मिल्छ र ?

  • पार्टी औपचारिकरुपमा विभाजन नहुन्जेलसम्म नेकपाका नेताहरूले पार्टीभित्रको अन्तर विरोध समाधान गर्न सके भने अहिले बढेको नेपाली काँग्रेसको राजनीतिक तौल पनि केही दिनमा घटन सक्दछ । यो राजनीतिको सम्पादन पनि अरूबाट सम्भव छैन । त्यसको मियो र अगुवाइ पनि केपी ओली नै हुनु हुनेछ । त्यसैले केपी ओलीलाई पराजित गरियो भनेर सडकमा उफ्रिता उहाँका विरोधीहरूलाई क्षणिक तुष्टि र आनन्द त मिल्ला, तर राजनीति सम्भावनाहरूको खेल हो । यो सम्भावनाले फेरी पनि केपी ओलीलाई नै राजनीतिको मियो र हिरो बनाउने छ । 

सर्वोच्चको फैसलाले मुलुकलाई राजनीतिक अस्थिरतातर्फ भने अगाडी लानेछ । मानिसहरू प्रधानमन्त्री हुन मात्रै होइन, मन्त्री हुन दौडादौड गर्नेछन् । यता बाँधिएका सांसदहरू दाम्लो चुँडाएर अर्कोतिर भाग्न सक्दछन् । उहाँ बाँधिएका सांसदहरूको पनि दाम्लो चुँडाउने प्रवृत्ति रोकिने छैन । त्यति वेला मुसा सांसदहरूले आफ्नो तौल हातीको जस्तो अनुभूत गर्नेछन् । राजनीतिक नियुक्तिमा मानिसहरूको दौडादौड हुन सक्दछ । यस्ता नियुक्तिहरूको खरिदबिक्री पनि हुन सक्दछ ।

यसले घरेलु राजनीतिलाई मात्रै होइन, यहाँ वैदेशिक चलखेलाई वढावा दिनेछ, यस्तो चलखेलमा खुल्लारुपमा स्वागत गर्ने प्रयास हुनेछ । जसले मुलुकलाई सामाजिक आर्थिक र राजनीतिक अस्थिरतातर्फ धकेल्ने छ ।

यहाँ विकास निर्माण र मुलुकको आर्थिक प्रगति छायाँमा पर्नेछ । समृद्धिको यात्रामा बढिरहेको मुलुक अलि पछाडि पर्नेछ । यो अस्थिरताको खेल देखेर नेपाली जनताले निकट भविष्यमै प्रधानमन्त्रीले पौष ५ मा ताजा जनादेश लिने निर्णय ठिक थियो भन्ने अवस्थामा पुग्नेछन् । त्यति वेला पनि केपी ओली राजनीतिको मियो र हिजो नै बन्नु हुनेछ ।

प्रतिक्रिया दिनुहोस