मेलम्चीको सुरुङमा पानी भरेर परीक्षण शुरू

काठमाडौं । मेलम्ची खानेपानीको सुरुङमा पानी भरेर परीक्षण शुरू भएको छ । सोमबार साढे २६ किलोमिटर सुरुङमा पानी भरेर परीक्षण शुरू भएको गरिएको हो ।

खानेपानी आयोजनाको सुरुङ परीक्षणको क्रममा खानेपानीमन्त्री मणि थापा र युवा तथा खेलकुदमन्त्री दावा तामाङले स्वीच दबाएर पानी पठाए ।

मेलम्ची खोलादेखि सुन्दरीजलसम्मको सुरुङ खण्डमा पानी पथान्तरण गरी परीक्षण गरिएको छ । तीन चरणमा पथान्तरण गरी परीक्षण सफल भएपछि मेलम्चीको पानी काठमाडौं आउनेछ । परीक्षण गर्न न्यूनतम दुुई महिना लाग्छ । मेलम्चीको पानी काठमाडौं आउन कम्तीमा पनि अझै दुुई महिना लाग्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस