- विद्यालयमा ओटो मोवाईलको पढाई, बगैंचा निर्माण, नमूना विद्यालयको अधार निर्माण, शैक्षिक गुरुयोजना निर्माण गर्न नेकपाका युवा नेता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य शंकर महतोको महत्वपूर्ण भूमिका रहेको वडा अध्यक्ष भरत बहादुर हमालले बताए ।
बर्दिबास । तीन बर्ष अघि जनता माध्यमिक विद्यालय बर्दिबासको अवस्था अस्तव्यस्त थियो । तर, त्यही अस्तव्यस्त व्यवस्थान भएपछि विद्यालयको वातावरण लोभ लाग्दो बनेको छ । महोत्तरीको बर्दिबास –२ स्थित जनता माध्यमिक विद्यालय हालै नेपाल सरकारको नमूना विद्यालयको सूचीमा परेको छ ।यो संगै विद्यालयले हालै ३ करोंड बजेट प्राप्त गरेको छ । भौतिक संरचाना निर्माण तथा विद्यालयको शैक्षिक सुधारका लागि त्यो बजेट खर्च हुने छ । भौतिक पूर्वधार निर्माणका लागि विद्यालयले बोलपत्र आह्वान गरिसकेको छ ।
प्रदेश नम्बर २ मै पहिलो पटक अटोमोवाईल इन्जिनियरिङ्ग बिषयको डिप्लो तहको पठनपाठन जनता मा.वि.मा पढाई भइरहेको छ । तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण महतोको नेतृत्वमा जनता मा.विको अतिक्रमित जग्गाको खोजी, मुठ्ठी दान कार्यक्रम संचालन गरेर विद्यालयको र चन्दाबाट बरिब ९० लाख बढीको लागतमा बगैंचा निर्माण, विद्यालय सुधार गुरुयोजना निर्माण गरि २०७३ सालमा काम थालिएको थियो ।
विद्यालयलाई नमूना बनाउने अधार तयार भएपछि २०७५ सालमा जनता मावि बर्दिबास नेपाल सरकारको नमूना विद्यालयको सूचीमा पर्न सफल भएको विद्यालयका प्रधानाध्यापक दिलिप तिवारीले बताए ।हाँस्य कलालकार धुर्मुस–सुन्तली, युवा पत्रकार तथा समाजिक अभियन्ता राजकरण महतो, इन्जिनियर अर्जुन न्यौपाने, विद्यालयका शिक्षक, अभिभावक, विद्यार्थी, शिक्षाप्रेमीहरु विद्यालयमा भौतिक पूर्वधार निर्माण तथा शैक्षिक सुधारका लागि क्रियाशिल छन् ।
विद्यालयको आफ्नो झण्डै २० विघा जग्गा रहेको छ । बर्दिबास नगरपालिका वडा नम्बर १४ स्थित बर्दिबास बजार जनता माध्यमिक विद्यालयको मातहतमा पर्दछ । बर्दिबास नगरपालिकाको लागानीमा बजारलाई नमूना बनाउन कामक भइरहेको वडा अध्यक्ष भरत बहादुर हमालले बताए ।
विद्यालयमा ओटो मोवाईलको पढाई, बगैंचा निर्माण, नमूना विद्यालयको अधार निर्माण, शैक्षिक गुरुयोजना निर्माण गर्न नेकपाका युवा नेता तथा विद्यालय व्यवस्थापन समितिका सदस्य शंकर महतोको महत्वपूर्ण भूमिका रहेको वडा अध्यक्ष हमालले बताए ।