दाङमा गिरिले भित्र्याए काङ्ग्रेसमा दर्जनौं नेकपाका कार्यकर्ता (फोटो फिचर)

दाङ । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य दिपक गिरिले पार्टी प्रबेश अभियानलाइ तीब्र बनाएका छन् । पुर्ब सिंचाइ मन्त्री समेत रहेका नेता गिरिले आज पश्चिम् दाङमा झन्डै १०० नेकपाका कार्यकर्ता भित्र्याएका हुन् । आज श्रीगाउँमा आयोजित एक भेलामा गिरिले दङ्गिशरण गाउँपालिका वडा नम्बर ६ र ७ का नेकपाका झन्डै १०० कार्यकर्तालाइ फुलमाला सहित पार्टी सदस्यता प्रदान गरेर स्वागत गरेका हुन् ।

दङ्गिशरण गाउँपालिका वडा नम्बर ७ का काङ्ग्रेस इकाइ सभापति हर्क बहादुर वुढाथाेकिकाे सभापतित्वमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि केन्द्रिय सदस्य गिरिले काङ्ग्रेसको सरकार बिना देशमा शान्ति र समृद्धि सम्भब नभएको बताए ।

पुर्ब मन्त्री समेत रहेका नेता गिरिले कम्युनिस्टहरुको नक्कलि नाराबाट नझुक्किएर सत्यबादि पार्टी नेपाली काङ्ग्रेसलाई साथ दिन अपिल समेत गरे। अर्का बक्ता प्रदेश सदस्य तथा काङ्ग्रेस नेता शंकर गिरिले कम्युनिस्टहरु स्वार्थमा लिप्त भएकै कारण देश दुर्घटना उन्मुख रहेको भन्दै काङ्ग्रेसको बिकल्प नरहेको तर्क गरे ।

यस्तै काङ्ग्रेस नेता केशब आचार्यले काङ्ग्रेसले चुनाब हारेकै कारण अहिले पश्चिम् दाङ पछाडि परेको दाबि गर्दै पश्चिम् दाङमा काङ्ग्रेसको पालामा भएको बिकासको स्मरण गरे ।

अर्का अतिथि काङ्ग्रेस जिल्ला सचिब तथा युबा नेता शंकर प्रसाद डाँगिले असंबैधानिक कदमको बिरोध गर्दै निर्बाचनको पुर्ब तयारिको रुपमा पनि अगाडि बढ्नुपर्ने तर्क गरे । दङ्गिशरण गाउँपालिकाका इकाई उपसभापति धर्मनाथ योगिको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमको संचालन इकाई सचिब उपेन्द्र शर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस