प्रचण्डलाई नेता मान्न सकिँदैन भन्दै पूर्व मन्त्री तामाङ र प्रदेश सांसद राई ओली समूहमा

काठमाडौँ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपामा रहेका पूर्व मन्त्री शेर बहादुर तामाङ र उनकी पत्नी प्रदेश १ कि सांसद उषाकला राई ओली समूहको नेकपामा प्रवेश गर्ने भएका छन्।

विराटनगरमा आज हुन लागेको ओली समूहको आमसभामा उनीहरू ओली समूहमा प्रवेश गर्ने पुर्वमन्त्री तामाङले चक्रपथलाई बताउनुभयो ।

राजनीतिक परिवर्तनसँगै समाजलाई सही मार्ग दर्शनमा डोर्‍याउने लक्ष्य लिएर अगाडि बढिरहेको सन्दर्भमा अर्को समूहमा गए पनि त्यसले आफ्नो विचार बोक्न नसक्ने भन्दै आज मूलधारको पार्टीमा जाने तयारी गरेको उहाँले बताउनुभयो ।

आफू कार्यक्रमको सिलसिलामा सिन्धुपाल्चोक रहे पनि पार्टीले आज विराटनगरको जनसभामा आफूहरूलाई समावेश गर्ने उहाँको भनाइ थियो ।

पुर्वमन्त्री तामाङले प्रचण्ड समूहले पूर्व एमालेको धारलाई छोडेको र उनीहरूको दृष्टिकोण नै फरक भएकाले आफूहरू ओलीले नेतृत्व गरेको नेकपामा आएको बताउनुभयो ।

आजको बृहत् जनसभामा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओलीले हामी श्रीमान् श्रीमतीलाई स्वागत गर्नुहुन्छ तर म काम विशेषले विराटनगर जान पाइन, उहाँले भन्नुभयो ।

तामाङले प्रचण्डलाई नेता मान्न नसकिने भन्दै मूलधार जता छ हामी पनि त्यतै बस्ने निर्णय गरेको बताउनुभयो । आजको सभामा श्रीमती उषाकला राईले आफूहरूको प्रतिनिधित्व गदै केपी ओली समूहमा जान लागेको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस