कक्षा १२ को परीक्षामा टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्ध

काठमाडौं । कक्षा १२ को परीक्षा केन्द्रभित्रै टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने विद्यार्थीलाई राष्ट्रिय परीक्षा बोर्डले कारवाही गरेको छ । बोर्डले बुधबार सूचना जारी गर्दै सहभागी कालिका माबि, दैलेखका विद्यार्थी रोशनकुमार शाहीको परीक्षा रद्ध गरेको जनाएको छ । शाहीले मंसिरमा भएको कक्षा १२ को परीक्षामा परीक्षा समयमै टिकटक बनाएका थिए । बोर्डले उनको चालु खण्डको परीक्षा रद्ध गरेको छ ।

यस्तै बोर्डले उक्त विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाही तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारवाहीका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस