भ्यालेन्टाईन डे विशेष : प्रेमिकालाई कसरी खुशी दिने?

काठमाडौं । भनिन्छ,प्रेम नै जिवन हो । सँसारका हरेक प्राणीहरुलाई एक अर्काको प्रेम तथा मायाको अबश्य नै आवश्यकता पर्छ । प्रेम यो आफैमा पुर्ण र परिपक्क छ । पश्चिमी सभ्यताबाट आयातित ’डे’ का रुपमा प्रचलित भ्यालेन्टाईन डेलाई कतिपय द्धारा आलोचना पनि गरिएको छ । १४ फेब्रुअरी अर्थात फागुन २ गते विश्वभर भ्यालेन्टाइन डे मनाईन्छ ।

नेपाली समाजमा पनि प्रणय दिवस वा प्रेम दिवसका रुपमा मनाउने क्रम बढिरहेको छ । भ्यालेन्टाइनलाई फर्केर हेर्दा हजारौं वर्षअघि रोमका राजा क्लोडियसले आफ्नो देशमा सैनिकलाई विवाह नगर्न उर्दी गरेका थिए । राजाको सोच थियो –सेना विवाहको झन्झटमा फसे भने युद्ध गर्न सक्दैनन् ।
भ्यालेन्टाइन पादरी थिए । उनले राजाको आज्ञा उलंघन गर्दै धेरैको विवाह गराए, फलस्वरुप राजाले उनलाई फाँसी दिए ।

१४ फेब्रुअरीका दिन भ्यालेन्टाइनलाई फाँसी दिइएको थियो । आफू फाँसीमा चढेकै दिन उनले जेलरकी छोरीलाई प्रेम सन्देश पठाएका थिए । त्यस दिनदेखि यो दिवस ‘सेन्ट भ्यालेन्टाइन डे’ का रुपमा विख्यात भयो । प्रेम कुनै धर्म, जातजाति या भौगोलिक अवस्थामा भर नपर्ने हुनाले पनि योे विश्वभर फैलिएको हो भन्ने किवदन्ती रहि आएको छ । युवा–युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन भनेर लिने गरेको छ ।

नेपालमा भने कहिलेदेखि प्रणय दिवस मनाउन थालियो ? थाहा छैन । कसैको संगठित प्रयासबाट शुरुवात नभएकाले आधिकारिक रुपमा भन्न सकिने कुरा पनि भएन । तर शुरुमा पश्चिमा सँस्कृतिको प्रभावका रुपमा यसले प्रवेश पाएको निश्चित साथ भन्न सकिन्छ । पञ्चायातको अन्तपछि नेपाली समाज खुलापनमा प्रवेश ग¥यो । पत्रपत्रिका प्रकाशित हुन थाले । पत्रिकाले १४ फ्रेबुअरीका दिन प्रणय दिवसको चर्चा लेख्न थाल्यो। यसबाट नेपाली समाजमा यसले व्यापक स्थान पाएको हो।

हुनत प्रेम गर्नेहरुको लागि कुनै विशेष दिनको आवश्यक पनि पर्दैन । तोकिएको कुनै विशेष मिति भन्दा पनि निस्वार्थ माया महत्वपूर्ण हो । तर आम मानसपटलमा बसेको संस्कारलाई कस्ले पो टार्न सक्छ र ? प्रायः जसो व्यक्तिहरु,प्रेमी जोडीहरु आफुलाई एक किसिमको मजबुत र बलियो जोडि स्थापित तथा सावित गर्नको लागि यो दिनलाई विशेषका रुपमा लिने गरेको पाईएको छ । प्रेम दिवसको दिनमा मात्र आफुलाई मन परेको मान्छेलाई प्रस्ताव राखेमा प्रेम मजबुत र दिर्घकालिन हुन्छ भन्ने कदापी हुन सक्दैन । यो त एक प्रक्रिया,पद्धती,अनुभुती तथा मनाउने पाटो मात्र हो । प्रेम आफैँमा एउटा रङ्गीन अनुभूति हो । कसैसँग प्रेमको कल्पना गर्दा मात्र पनि शरीरमा अर्कै तरङ्ग सञ्चार हुन्छ ।

त्यसमाथि युवा मन, प्रणय चिन्तनले तरङ्गीत बनाउने नै भयो । प्रणय दिवसले प्रत्येक वर्ष संसारका हरेक युवा युवतीको मनमा यस्तै तरङ्ग सृजना गर्दछ । मनमा उत्पन्न भएको तरङ्गलाई आफ्नो मनले खाएकोलाई अभिव्यक्त गर्ने दिन नै हो प्रणय दिवस अर्थात भ्यालेटाइन डे ! यो दिनले धेरै मनहरुबीचको पर्खाल भत्काउँछ । सिमा रेखाहरु मेटाउँछ र दुईमुटुहरुलाई एकाकार गराउँछ । सुन्दर नयाँ संसारको सपना देखाउँछ । यस दिवसको प्रभावले नेपाली युवायुवतीलाई पनि धेरै छोइसकेको छ । प्रेमी–प्रेमिकालाई मनपर्ने उपहार, फूल, भ्यालेन्टाइन चकलेट, कार्ड आदान प्रदान गरेर तथा प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिने गरिन्छ ।

प्रेम सम्बन्धलाई सुमधुर राख्न अरु केही सूत्र जान्नुपर्छ । गर्लफ्रेन्डको कति अव्यक्त चाहाना हुन्छ, जो ब्वाइफ्रेन्डले बुझ्नुपर्छ। अक्सर गर्लफ्रेन्ड चाहन्छन् कि आफ्ना ब्वाइफ्रेन्डले केयर गरुन्, हरेक कुरा साझेदार गरुन् ।

स्वभाविक रुपमा ब्वाइफ्रेन्डले आफ्ना ब्वाइफ्रेन्डप्रति अपेक्षा राख्छन् । उनीहरु चाहन्छन्, आफ्ना ब्वाइफ्रेन्ड समझदार होस् । स्मार्ट होस् । फेसनेवल होस् । रोमान्टिक होस् । व्यवहारिक होस् । तर, यति मात्र काफी छ त ? यदि उनीहरुको मनोविज्ञान बुझेर त्यही अनुसार आफुलाई पेश गर्न सकियो भने प्रेम जीवन सुमधुर र कसिलो हुन्छ । रसिलो पनि ।

यसका लागि ब्वाइफ्रेन्डसँग केही टि्रक्स भने हुनैपर्छ । जस्तो, साथ दिनुपर्छ – जब कुनै युवती प्रेममा पग्लन थाल्छे, उनीहरुलाई ब्वाइफ्रेन्डको साथ चाहिन्छ । उनीहरु ब्वाइफ्रेन्डको सामिप्यता चाहन्छन् ।यस्तो अवस्थामा उनीहरुको चाहानालाई उपेक्षा गर्नु हुँदैन । गर्लफ्रेन्डसँग समय बिताउने प्रयास गर्नुपर्छ । हरेक दिन भेट्न संभव नभएपनि उनीहरुको सम्पर्कमा रहनुपर्छ । गर्लफ्रेन्डमा यस्तो महसुष हुनुपर्छ कि, मेरो ब्वाइफ्रेन्ड सधै मेरो साथमा छ । यसले उनीहरुमा प्रेम र सुरक्षाको भाव जगाउँछ ।

हरेक पल साझेदार गरौं

अक्सर युवतीहरु आफ्नो ब्वाइफ्रेन्डले खुलेर मनको कुरा गरेको रुचाउँछन् । उनीहरुको चाहाना पनि यही हुन्छ । सुखमा होस् वा दुखमा, खुसीमा होस् वा पीडामा गर्लफ्रेन्ड सँग आफ्नो मनोभाव पोख्नुपर्छ । युवतीको विश्वास जित्ने राम्रो काइदा हो यो । हरेक पल उनीहरुसँग साझेदार गर्नुपर्छ । संभव भए घुम्ने, फिल्म हेर्ने, सपिङ गर्ने, रेष्टुरेन्ट जाने काम गर्नुपर्छ । यदि सो संभव नभए पनि आफ्नो बारेमा अपडेट गराउनुपर्छ । यसले तपाई कति जिम्मेवार र विश्वासिलो हुनुहुन्छ भन्ने कुरा गर्लफ्रेन्डले अनुभूत गर्छिन् ।

प्रेम व्यक्त गरौं

प्रेम अनुभूत गर्ने कुरा हो । यद्यपी मानविय स्वभाव के हुन्छ भने, यस्ता कुरा खुलेर व्यक्त गरोस् । खासगरी प्रेमको सवालमा यो कुराले अहंम भूमिका राख्छ । युवती वा युवा जो कोहिले आफुप्रति प्रेम व्यक्त गरोस् भन्ने अपेक्षा राख्छ । गर्लफ्रेन्डलाई कति माया गरिन्छ वा विश्वास गरिन्छ, सो कुरा व्यक्त गर्नुपर्छ । गर्लफ्रेन्डलाई माया दर्शाउन उपहार नै दिनुपर्छ भन्ने छैन, केवल शब्दद्वारा पनि माया व्यक्त गर्न सकिन्छ । गर्लफ्रेन्डको जन्मदिनमा शुभकामना दिनुहोस् । उनको सफलतामा खुसी हुनुहोस् । जसरी हुन्छ, गर्लफ्रेन्डलाई आफुले भरपुर माया दिएको अनुभूत गराउनुहोस् ।

फिल्म हेराउने

गर्लफ्रेन्डसँग फिल्म हेर्ने अवसर सधै जुर्दैन । र, बिवाहपछि त यो संभव पनि हुँदैन । त्यसैले प्रेम सम्बन्ध रहेकै बेला यस्तो अनुभूति पनि संगाल्न सकिन्छ । गर्लफ्रेन्डसँग कुनै रोमान्टिक फिल्म हेर्न सकिन्छ । यद्यपी कुन फिल्म हेर्ने, कुन हलमा जाने भन्ने कुरामा आफ्नो निर्णय लाद्नु हुँदैन । गर्लफ्रेन्डलाई यसमा प्राथमिकता दिनुपर्छ ।

निक नेम राख्ने

आफ्नी गर्लफ्रेन्डलाई सम्बोधन गर्नका लागि कुनै निक नेम राखौं । यसले तपाईहरुको प्रेम सम्बन्ध थप प्रगाढ हुन्छ । मायालु नामले गर्लफ्रेन्डलाई सम्बोधन गर्नुपर्छ । गर्लफ्रेन्डलाई भावनात्मक रुपले पगाल्नका लागि यो राम्रो सूत्र हो ।

उपहार

प्रेम सम्बन्धलाई जोड्ने अर्को माध्याम हो, उपहार । उपहार गतिलो वा महंगो हुनुपर्छ भन्ने छैन । यद्यपी अर्थपूर्ण भने हुनुपर्छ । यसले उपहार छनौटमा तपाई कति बुद्धिमानी हुनुहुन्छ भन्ने कुरा पनि देखाउँछ । अक्सर उपहार छनौट गर्दा गर्लफ्रेन्डको रुची, सौखलाई ध्यान दिनुपर्छ । उनलाई कस्तो रंग मनपर्छ भन्ने कुरामा समेत ध्यान दिन सकिन्छ ।

प्रशंसा गरौं

प्रचलित भनाई नै छ, केटीहरु प्रशंसाको भोका हुन्छन् । गर्लफ्रेन्डलाई प्रशंसा गर्नुपर्छ तर, त्यो स्वभाविक हुनुपर्छ । यदि गर्लफ्रेन्डलाई कुनै पहिरनले सुहाएको छ भने, कुनै गरगहनाले राम्री देखिएको छ भने प्रशंसा गर्न कञ्जुस्याँइ गर्न हुन्न । तर, अस्वभाविक वा बनावटी प्रशंसा नगरौ । त्यसले तपाईको प्रवृत्तिमाथि नै शंका पैदा गर्न सक्छ ।

व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ

जान्नुहोस् पैसा बचत गर्ने यो मन्त्र कुनैपनि व्यक्ति कमाएर होइन, बचत गरेर धनी हुन्छ । किनभने जति कमायो उति खर्च गर्ने मानिस कहिल्यै पनि धनी हुन सक्दैन । तर, आफ्नो कमाईबाट बचत गर्दै थप लगानी गर्दै अघि बढ्ने मान्छे अवश्य धनी हुन्छ । धनी बन्न त्यति सजिलो छैन । मान्छे न कमाएर मात्रै धनी हुन्छ, न त बचत गरेर मात्रै । प्रत्येक समय उपयुक्त निर्णय गर्दै पैसाको सदुपयोग गर्न सक्ने मान्छे मात्रै धनी हुन्छ । यस्तो गर्नसक्ने क्षमता एकदमै कमसँग मात्रै हुन्छ ।

अर्थशास्त्री स्टुअर्ट रदरफोर्डले भनेका छन्

बचत धनी मानिसले मात्र गर्ने कुरा होइन बरु यो गरिबहरुको साथी हो । आफ्नो कमाइबाट नियमितरुपमा बचत गर्न सक्ने हो भने गरिब मानिस पनि धनी बन्न सक्छ । तर, २ र ४ हजार बचत गरेर के नै हुन्छ र रु भन्ने मानिस जुन अवस्थामा छ, त्यहाँभन्दा माथि उठ्न निकै कठिन हुन्छ ।

आजको स-सानो बचतले भोलि तपाईलाई ठुल्ठुला आर्थिक भारबाट जोगाउन सक्छ । त्यसैले आफ्नो कमाइबाट बचत गर्नुहोस् । तपाईं जति कमाउनुहुन्छ पहिला त्यसको हिसाब गर्नुस् र, आफ्नो आम्दानीबाट कति रुपैयाँ बचत गर्ने ? त्यो यकिन गर्नुहोस् । म यति रुपैयाँ बचाउँछु भनेर तपाई लाग्नुभयो भने मात्रै तपाईंले फजुल खर्च कटौति गर्न सक्नुहुन्छ ।

एकदिन, एक महिना वा एक वर्ष मात्रै बचत गरेर पनि हुँदैन । तपाईंले सँधैका लागि बचत गर्ने बानीको विकास गर्नुपर्छ । एक वर्षसम्म दैनिक १० रुपैयाँ मात्रै जम्मा गर्ने हो भने एक वर्षमा करिव ३,६५० रुपैयाँ हुँन्छ । तपाईं सिगरेट पिउनुहुन्छ भने दिनको एउटा सिगरेट कम गर्नुहोस् । र, त्यो पैसा बचत गर्नुहोस्।

अनि यसरी बचत गरेको पैसा बैंक, वित्तीय संस्था वा सहकारी संस्थाहरुमा राख्नुहोस् । यी संस्थाहरुले ब्याज दिन्छन् । र, तपाईको पैसाको सुरक्षा पनि राम्रो हुन्छ । बैंकको ब्याजले मात्रै पनि पुग्दैन । त्यसैले यसरी बचत गरेको पैसाले बीमा गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस