राइटपाथ दाङद्वारा असाहय बालबालिकालाइ खानेकुरा सहयाेग

दाङ । राइटपाथ करियर काउन्सेलिङ दाङले दोश्रो वार्षिकोत्सवकाे अवसरमा असाहय बालबालिकाहरुलाइ खानेकुरा सहयाेग गरेकाे छ।

आफ्नो कार्यकालको दोस्रो बर्ष पार गरेर तेस्रो बर्षमा प्रवेश गरेको अबसरमा शनिबार दाङकाे बिजाैरीमा रहेकाे असाहय बाल विकास नेपालमा रहेका असाहय बालबालिकाहरुलाइ खानेकुरा सहयाेग गरेकाे राइटपाथले जनाएकाे छ ।

स्थापना कालदेखीनै उदाहरनिय काम गर्दै आएको सो संस्थाले आगामी दिनहरुमा पनि बिध्यार्थीलाई उतकृस्ट काउन्सेलिङ दिने प्रतिबद्धता राइटपाथ करियर काउन्सेलिङ् दाङका म्यानेजमेन्ट हेड मेघराज वलीले बताए ।

२१ जना भन्दा बढी विद्यार्थीहरुलाइ वैदेशिक शिक्षाका लागि विभिन्न देशमा पठाइसकेको र आगामी दिनहरुमा अझै धेरै विद्यार्थीहरुला यसरी नै वैदेशिक शिक्षाका लागि सघाउने कुरा पनि राइटपाथ करियर काउन्सेलिङ् दाङका म्यानेजर सम्राट न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस