अनेरास्ववियू नगराईनद्वारा सरसफाइ अभियान सम्पन्न (फोटो फिचर )

धनुषा:- अनेरास्ववियू नगराईनका विद्यार्थीहरुले स्थानीय बजारमा वातावरण दुर्गन्धित भएको र भबिस्यमा यस्ता फोहर हरुले मानव स्वास्थ्यमा देखिने खराबी उत्पन्न हुने भन्दै नगराईनका युवाहरु बाट सरसफाइ अभियान सुरुवात गरिएको छ।
नगराईन युवा नेता आदर्श मंडलको अध्यक्षतमा कार्यक्रमको प्रमुख अतिथिमा लगमा जटही नाकाका प्रहरी सई मनिष श्रेष्ठ,    बिष्ट अतिथिमा अनेरास्ववियू धनुषा जिल्लाको सहसंयोजक शिव झा लगायत अनेरास्ववियूका ५० नेता कार्यकर्ताको सहयोगमा नगराईन बजार परिसर क्षेत्रमा सरसफाइ कार्यक्रम सुरु भएको थियो ।
सरसफाइ गर्दा बजारमा व्यवसाय गर्दै आएका ब्यापारी विद्यालय परिवार, वडा कार्यालय निकै हर्षित भएको र अनेरास्ववियूको यो कार्य एकदमै राम्रो रहेको स्थानीयले जनाएका छन् ।
आगामी दिनमा पनि नगराईन अनेरास्ववियूले यी यस्तै नया कामलाई प्राथमिकता दिइने युवा नेता मंडलले जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस