जिल्ला स्तरीय खो खो प्रतियोगिता सुरु , शनिबार फाईनल भिडन्त हुने

दाङ । दाङ तुलसिपुर अरनिको मैदानमा संचालित दोस्रो जिल्ला स्तरिय महिला तथा पुरुष खो खो प्रतियोगिता २०७७ को फाईनल भिड्न्त सनिवार हुने भएको छ ! दाङ जिल्ला खो खो संघ को आयोजनामा जारी प्रतियोगिताको पुरुष तर्फ आयोजक तुलसिपुर ए र सहिद स्मृति आबासिय माध्यामिक बिध्यालय ए फाईनल प्रवेश गरेका छ्न् ! आयोजक तुलसिपुर ए ले शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा सहिद स्मृति आबासिय बि लाई १५ का विरुद्ध १६ अंक स्कोर ले पाखा लगाउदै फाईनल यात्रा तय गरेको हो !त्यस्तै सहिद ए ले साधना पाठशाला बेलुवा लाई सेमिफाइनल खेलमा ७ का विरुद्ध १४ अंक स्कोरले पछाडि पार्दै आयोजक तुलसिपुर ए संगको फाईनल भिडन्त पक्का गरेको हो ! त्यस्तै महिला तर्फको खेलमा आयोजक तुलसिपुर र सहिद स्मृति आबासिय मा बि ले फाईनल यात्रा तय गरेका छन् !

स्थानिय स्तरमा खो खो खेलको पहुँच अभिवृद्धि गर्दै प्रतिभावान खेलाडी को पहिचान र बिकास मा टेवा पुर्‍याउने उदेश्यका साथ आयोजना गरिएको प्रतियोगिता को पुरुष तर्फ ५ र महिला तर्फ ३ टिमको सहभागिता रहेको छ !
बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस का कारण ठप्प बनेको स्थानिय स्तरको खेल गतिबिधी लाई चलाएमान बनाउन सुरक्षा सम्बन्धित सम्पुर्ण मापदण्ड अपनाउदै आयोजना गरिएको प्रतियोगिता को फाईनल खेल सनिवार बिहान १० बजे हुने खो खो प्रशिक्षक उषा कवर मगरले जानकारी दिनु भएको छ ! प्रतियोगिता को उद्घाटन समारोह दाङ जिल्ला खो खो संघ का कार्यबाहक अध्यक्ष जय बहादुर घर्तिको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद बिकास समितिका निवर्तमान अध्यक्ष डिल्ली बहादुर डागिको प्रमुख आतिथ्य मा भएको थियो ! उद्घाटन समारोह लाई सम्बोधन गर्दै प्रमुख अतिथी डागी ले मानव जिवनको अभिन्न अंग खेलकुद को उच्च आदर्श लाई पालना गर्दै अगाडि बढ्न आग्रह गर्नु भयो ! सो अबसरमा दाङ जिल्ला टेवल टेनिस संघ का उपाध्यक्ष बालकृष्ण शाह,अनेरास्वबियुका केन्द्रिय सदस्य प्रकाश शर्मा लगाएत शुभकामना मन्तब्य राख्नु भएको थियो ! कार्यक्रम को संचालन खेल पत्रकार लक्ष्मण बस्नेत ले गर्नु भएको थियो!

यसैविच आयोजक ले भोलि सनिवार हुने फाईनल खेल र प्रतियोगिताको समापन समारोह मा उपस्थिमा खेल प्रेमी, खेलाडी, समाजसेवी, बुद्धिजिवि, उधोगी, ब्यबसायी, पत्रकार लगाएत सबैमा अनुरोध गरेको छ !

प्रतिक्रिया दिनुहोस