ढुक्कले सबै चुनावको तयारीमा लागौ : मन्त्री गुरुङ्ग

काठमाडौं । सुचना तथा सञ्चारप्रविधि मन्त्री पार्वत गुरुङ्गले चुनाव सिफारिस गर्ने दल नै आधिकारिक हुने दाबी गर्नुभएको छ। मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले भन्नुभयो, –‘ आधिकारिकता को हो भन्ने बिषय अब टुंगिइसकेको छ, मध्यावधि निर्वाचनको प्रधानमन्त्रीको हैसियतले सिफारिस गरेको छ ।

सिफारिस गर्ने प्रधानमन्त्री जुन दलको अध्यक्ष छ त्यो दल नै आधिकारिक हो ।’ मन्त्री गुरुङ्गले आधिकारिकताका नाममा अब विवाद गर्न नहुने बताउनुभयो । निर्वाचन आयोगले अध्यक्षको रुपमा नचिनेको माधव कुमार नेपालले फेरि दाबि विरोध लिएर जानु हास्यांस्पद भएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो–‘माधव कुमार नेपाललाई हिजो आयोगले अध्यक्षका रुपमा चिनेको छैन, त्यो कति कानुन सम्मत छ, कति विधि सम्मत छ हामी आफैल बुझने कुरा हो ।’

प्रधानमन्त्रीलाई बोलाएर आयोगले आफनो तयारी सुनाईसकेको र मुलुक निर्वाचनमा होमिईसकेकाले फेरि आयोगले नचिनेको अध्यक्षको दाबी ब्युक्तिएला भन्ने विश्वास नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘आयोगले माधव नेपाललाई अध्यक्ष चिनेको छैन, केहि कथन मिलिहालेछ भनेपनि त्यो हदम्याद नाघिसकेको छ ।’ ढुक्कले सबै चुनावको तयारीमा लागौ मन्त्री गुरुङ्गले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस